हनुमन्ते खोला फर्काउन खोज्दा विवाद चर्किएपछि नगरपालिकाद्वारा तारबार
भक्तपुर–मध्यपुरथिमि नगरपालिका र अनन्तलिङ्गेश्वर नगरपालिका साविक बालकोट गाविसको सिमाना भएर बगिरहेको हनुमन्ते खोलाको बहाव भू–माफियाले फर्काउन खोज्दा विवाद चर्किएपछि मध्यपुरथिमि नगरपालिकाले तारबार लगाउने भएको छ ।
दुईवर्षअघि भू–माफियाले खोला फर्काउन डोजर चलाएपछि सर्वोच्च अदालतले तत्काल खोला फर्काउने कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरे पनि भू–माफियाले तीन दिनअघिसम्ममा पटकपटक खोला फर्काउने प्रयास गरेका थिए ।
खोला फर्काउन भू–माफियाले फेरि खोलामा डोजर लगेपछि तीन दिनदेखि खोला फर्काउन नदिने मध्यपुरथिमिका बासिन्दा र भू–माफियाबीच विवाद चर्किएपछि नगरपालिकाले आगामी बुधबारदेखि हनुमन्ते खोलाको सार्वजनिक जग्गा अतिक्रमण रोक्न तारबार लगाउन सुरु गर्ने मध्यपुरथिमि नगरपालिकाका कार्यकारी अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिए ।
उनले भने–“सर्वोच्च अदालतले खोला नफर्काउन अन्तरिम आदेश जारी गरेको र हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल ती सार्वजनिक जग्गा संरक्षण गर्न आदेश दिएकाले खोला फर्काउन दिन्नाँै, तारबार लगाएर संरक्षण गर्छौं ।”
नगरपालिकाले सरकारी सार्वजनिक पर्ती जग्गा संरक्षणका लागि पहल सुरु गरेका बेला फेरि पनि खोला सार्ने प्रयास कतै कसैबाट भएमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, सबै राजनीतिक दल, स्थानीय जनसमुदाय र नगरपालिकासमेत एकजुट भई खोला फर्काउन नदिन सहमति गरेका छन् ।
मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसका मध्यपुरथिमि, एमाले, एमाओवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मालेलगायतका दल र मध्यपुरका बासिन्दाले कुनै हालतमा खोला फर्काउन नदिने सहमतिसमेत गरेका हुन् ।
मध्यपुरथिमि वडा नं १५ र बालकोट साविक गाविस वडा नं ३ एवम् ९ को सिमानामा रहेको हनुमन्ते खोलाको बहाव केही वर्षअघिदेखि नै भू–माफिया तत्वले थिमितिर फर्काएर करोडौं मूल्य बराबरको सार्वजनिक जग्गा प्लानिङ गरी बिक्री गर्ने प्रयास गरेपछि यस क्षेत्रमा थिमि बासिन्दा र भू–माफिया तत्वबीच विगतका वर्षमा झडपसमेत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण