मुस्ताङमा असिनाले अन्नबालीमा क्षति
सोमबार, ०१ चैत २०७२, १५ : ३०
मुस्ताङ– जिल्लाको विभिन्न स्थानमा सोमबार परेको असिनापानीका कारण लाखौँ मूल्य बराबरको अन्नबाली नष्ट भएको छ ।
उच्च क्षेत्रमा हिउँ र तल्लो क्षेत्रमा परेको असिनापानीले खुर्पानी, मकै, जौलगायत अन्नबाली नष्ट गरेको किसानले बताएका छन् । जोमसोम, कागबेनी, मार्फा, टुकुचे, कोबाङ, लेतेलगायतका स्थानमा असिनाले क्षति पु¥याएको छ ।
करिब एक घन्टासम्म परेको असिनाले खास गरी खुर्पानी र मकैमा बढी क्षति पु¥याएको जोमसोमका किसान आशबहादुर थकाली बताउँछन् । हिउँले अन्नबालीलाई राम्रो गर्ने भए पनि अकस्मात परेको असिनाले भने वर्षभरि गरेको परिश्रमलाई बगाइदिएको छ ।
असिनाले स्याउ किसान भने उत्साहित भएका छन् । माथिल्लो क्षेत्रमा भारी हिमपात भएको स्थानीयवासीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण