शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘नाईं नभन्नू ल ४’ ट्रेलर सार्वजनिक (भिडियोसहित)

सोमबार, ०१ चैत २०७२, १६ : ११
सोमबार, ०१ चैत २०७२

काठमाडौं–चलचित्र ‘नाईं नभन्नू ल ४’ को ट्रेलर सार्वजनिक भएको छ । पत्रकार सम्मेलनमार्फत चलचित्र ‘नाईं नभन्नू ल ४’ को ट्रेलर सार्वजनिक गरिएको हो ।

विकास आचार्यद्वारा निर्देशित यो चलचित्रमा नव कहाकारहरुको भूमिका रहेको छ । ट्रेलरमा अभिनेता सरोज खनाल, अभिनेत्री प्रियंका कार्की, हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी) र बाल कलाकार अनुभव रेग्मीको अहिले पनि रोल रहेको छ । त्यस्तै नव कलाकारहरुमा पल शाह, वर्षा सिवाकोटी, आँचल शर्मा छन् ।

सामिप्यराज तिमल्सिनाको पटकथा एंव संवाद रहेको चलचित्र ‘नाईं नभन्नू ल ४’ पूर्णतः पारिवारीक प्रेम कथामा आधारित रहेको निर्देशक आचार्यले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप