शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रहरीमा भर्ना हुन सुदूरबाट झन्डै चार हजारको आवदेन

सोमबार, ०१ चैत २०७२, १६ : २१
सोमबार, ०१ चैत २०७२

भीमदत्तनगर– जनपद प्रहरीमा भर्ना हुन सुदूरपश्चिमका नौ जिल्लाबाट तीन हजार ९४९ जनाले आवेदन दिएका छन् ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विजयराज भट्टले तीन हजार ५४४ पुरुष र ४०५ महिलाले प्रहरीमा भर्ना हुन आवेदन दिएको जानकारी दिए ।

गत माघ २४ देखि फागुन ३० गतेसम्म दरखास्तका लागि समय दिइएको थियो । प्रहरीमा ५४४ जनाको भर्ना खुलेसँगै सुदूरपश्चिमका नौवटै जिल्ला प्रहरी कार्यालयमा आवेदन लिइएको थियो ।

सुदूरपश्चिममा सबैभन्दा बढी जिल्ला प्रहरी कार्यालय, कैलालीमा आवेदन परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कर्णसिंह कार्कीका अनुसार कैलालीमा ८१४ जना महिला तथा पुरुषले आवेदन दिएका छन् ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा ५२६ जनाको आवेदन परेको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए । त्यस्तै यहाँका पहाडी जिल्लाहरु डडेल्धुरा २८४, बैतडी ४९५, दार्चुला ३५०, बझाङ ३२४, बाजुरा २१६, अछाम २४९ र डोटीमा ९३ जनाले भर्ना हुन आवेदन दिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप