शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

शिक्षामा नयाँ क्रान्तिको आवश्यकता : शिक्षामन्त्री पोखरेल

सोमबार, ०१ चैत २०७२, १६ : २३
सोमबार, ०१ चैत २०७२

बर्दिवास–शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संविधानको सफल कार्यान्वयनका लागि शिक्षामा नयाँ क्रान्तिको आवश्यकता रहेको बताएका छन् ।

अनौपचारिक शिक्षा केन्द्र सानोठिमी, भक्तपुरले आज महोत्तरीको बर्दिवासमा आयोजना गरेको अनौपचारिक शिक्षाको अवधारणापत्र, आगामी वर्षको योजना निर्माण र प्रारुप विकासका लागि सुझाव सङ्कलनसम्बन्धी दुईदिने गोष्ठीको उद्घाटन गर्दै मन्त्री पोखरेलले सो कुरा बताएका हुन ।

कार्यक्रममा मन्त्री पोखरेलले शिक्षाकै कमीले गर्दा संविधानको सफल कार्यान्वयन र मुलुकको द्रूततर विकासमा चुनौती रहेको औँल्याउनुभयो । यो चुनौती पूरा गर्न शिक्षा सम्बद्ध सबै निकायले योजनाबद्ध काममा लाग्न मन्त्री पोखरेलले मन्त्रालय सम्बद्ध सबै निकायलाई निर्देशन दिए ।

दुईदिने यस कार्यक्रममा संसद्को महिला तथा बालबालिका समाज कल्याण समितिका सभापति रञ्जु झा, शिक्षा मन्त्रालय र अनौपचारिक शिक्षा केन्द्रका निर्देशक, परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकका साथै मध्यमाञ्चल क्षेत्रका १९ जिल्लाका जिल्ला शिक्षा अधिकारीको सहभागिता रहेको छ ।

गोष्ठीले अनौपचारिक शिक्षाको प्रभावकारिता र सहभागिता बढाउन नीति निर्माणका लागि सुझाव सङ्कलन गर्ने अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिवाकर ढुङ्गेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप