शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

हुम्लामा आगलागीबाट तीन घर ध्वस्त, ७० भेडाबाख्रा मरे

सोमबार, ०१ चैत २०७२, १६ : २५
सोमबार, ०१ चैत २०७२

हुम्ला–यहाँबाट ४४ कोष टाढा दक्षिणी भेगमा पर्ने श्रीनगर गाविसका छन्त बुढा, नन्द बुढा र रिमीलाल बुढा तीनैजनाको तीनतले घरमा आइतबार आगलागी भएको छ ।

अचानक आगलागी हुँदा लत्ताकपडा, भाँडाकुँडा, लिउ, फेरुवा, अन्नबाली सबै नष्ट भएको छ । आगलागीबाट गोठमा रहेका ७० भेडाबाख्रा पनि मरेका छन् ।

श्रीनगर प्रहरी चौकीले तत्काल उद्धार गरेको कुरा जिल्ला प्रहरी कार्यालय, सिमीकोटका निमित्त प्रहरी नायब उपरीक्षक औँप्रसाद यादवले जानकारी दिए ।

माछा मार्ने क्रममा कर्णालीमा बेपत्ता

हुम्लाको दक्षिणी भेगमा पर्ने जैर गाविस–१५ का धनबहादुर लोहार माछा मार्न जाली तान्ने क्रममा चिप्लिएर कर्णाली नदीमा बेपत्ता भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप