शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बहुविवाह गर्ने एकजना पक्राउ

सोमबार, ०१ चैत २०७२, १७ : १९
सोमबार, ०१ चैत २०७२

गौशाला– जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती भित्र्याएकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको सरपल्लो गाविस–१ बस्ने २७ वर्षीय विनित मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताएका छन् ।

विसं २०६९ मै पहिलो बिहे गरेको मण्डलकी जेठी श्रीमती र बच्चा हुँदाहुँदै पनि उनले २०७२ पुस २३ गतेका दिन जिल्लाको गोनरपुरा–६ बस्ने हरिनारायण मण्डलकी छोरी २३ वर्षीया अलङ्कृत कुमारी मण्डलसँग बिहे गरेका छन् ।

मण्डलकी पहिलो श्रीमती सीमाकुमारी देवीले पतिले अर्को बिहे गरेको एक साताअघिमात्रै थाहा पाएपछि उनी आइतबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा आएर निवेदन दिएपछि गएराति जिल्ला प्रहरीबाट खटिगएको विशेष प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

पहिलो पत्नी छँदाछँदै अर्को विवाह गरेका मण्डलमाथि प्रहरीले बहुविवाह मुद्दा चलाई आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप