शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रेस स्वतन्त्रताका लागि काँग्रेस दृढ : सभापति देउवा

सोमबार, ०१ चैत २०७२, १७ : २३
सोमबार, ०१ चैत २०७२

काठमाडौँ–नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि दृढ रहेको बताएका छन् ।

देउवा निवास बूढानीलकण्ठमा बधाई दिनपुगेको नेपाल पत्रकार महासङ्घको टोलीसँग उनले प्रेस स्वतन्त्रता कुण्ठित भएमा लोकतन्त्र र पत्रकारको भविष्यसमेत खतरा पर्ने बताए ।

देउवाले भने, ‘‘प्रेस स्वतन्त्रता, व्यक्तिगत स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र लोकतन्त्र जोगाउन काँग्रेस प्रतिबद्ध छ, यसमा कुनै सन्देह छैन ।’’

महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले देउवालाई बधाई दिँदै मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक परिवर्तन नभएकाले त्यसका लागि पहल गर्न आग्रह गरेका थिए । महासङ्घले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनलगायतमा मुद्दामा सहयोग गर्न पनि काँग्रेसलाई आग्रह गरेको सचिव ध्रुव लम्सालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप