एक करोड लगानी गरेर भेडापालन
म्याग्दी– जिल्लाको बेगखोला गाविस–१ का विमल फगामीले रु एक करोडभन्दा बढी लगानी गरेर व्यावसायिक भेडापालन गरेका छन् ।
उनले आफू स्वरोजगार बन्नुका साथै आठ जना युवालाई समेत गाउँमै रोजगारी दिएका छन् । एघार वर्षअघि ५० वटा भेडा पाल्न सुरु गरेका ३० वर्षीय फगामीसँग अहिले ८०० भेडा छन् । भेडापालनका लागि हालसम्म रु एक करोड २० लाख लगानी भएको फगामीले बताए ।
वर्षमा २०० भन्दा बढी भेडा बेच्ने फगामीले वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्छन् । निमावि तहसम्मको शिक्षा लिनुभएका फगामीले भेडापालनबाट सन्तुष्ट रहेको बताउनुभयो । “मासुका लागि गोठबाटै बिक्री हुने भएकाले बजारको कुनै समस्या छैन” उनले भने ।
बरुवाल जातका भेडा पालेका फगामी गोठ लिएर हिउँदमा कालीगण्डकी किनारदेखि बर्खामा निलगिरि र धौलागिरि हिमालको फेदीसम्म पुग्ने गर्छन् । सामुदायिक वनमा रुख बिरुवा हुर्किए पनि चरिचरन बन्द गरिनु, चरन क्षेत्रमा घाँस कम पलाउनु, चितुवाको आतङ्क र सरुवा रोग भेडापालनका चुनौतीका रुपमा रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण