शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विगतकै शैलीबाट सरकारी सञ्चार माध्यम सुध्र्रनुपर्छ : सञ्चारमन्त्री

सोमबार, ०१ चैत २०७२, १७ : २९
सोमबार, ०१ चैत २०७२

काठमाडौँ– सूचना तथा सञ्चार मन्त्री शेरधन राईले सरकारी स्वामित्वका सञ्चार माध्यमलाई विगतको शैलीमा नभई नयाँ योजनाका साथ अघि बढाउने तयारी भएको बताएका छन् ।

प्रेस चौतारी नेपालको नेतृत्व र विभिन्न सरकारी माध्यममा शाखाका प्रतिनिधिसँग आज मन्त्रालयमा छलफल गर्दै उनले सबै निकाय र सरकारी सञ्चार माध्यमसँग सुधारका साथै नयाँ कार्ययोजना पेस गर्न भनिएको र त्यसमा मन्त्रालयले पनि आवश्यक काम गरिहेको बताए ।

“निश्चित प्रणाली र संस्थागत मान्यताका आधारमा दिगो र सवल हुन सक्ने गरी यी निकाय सञ्चालन हुनुपर्छ”–उनले भने, “विगतमा जसरी चलेको थियो, त्यसको निरन्तरता वा तदर्थवादको शैलीबाट चल्न सक्दैन, अब व्यावसायिकता र आत्मनिर्भरताका आधारमा अघि बढ्न सम्बन्धित व्यवस्थापन तयार रहनुपर्छ ।”

मन्त्री राईले आफूले जिम्मेवारी लिएपछि सञ्चार नीतिको पुनरावलोकन, श्रमजीवी पत्रकारसम्बन्धी ऐन कार्यान्वयन, सञ्चार सङ्ग्रहालयको स्थापना, पत्रकारको दुर्घटना बिमा जस्ता विषयलाई प्राथमिकता दिएको पनि अवगत गराए ।

प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालले मन्त्री राईले सुरु गरेका सुधारका कामबारे आपसी संवाद र छलफलबाट अघि बढ्ने विश्वास दिलाए । त्यस अवसरमा चौतारीका महासचिव माधव नेपाल, सचिव राजेश राई, केन्द्रीय सदस्य सुरोजङ्ग पाण्डे, ईश्वरी काफ्ले र प्रतिष्ठान अञ्चल कमिटीका अध्यक्ष प्रकाश सिलवाललगायतको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप