हिरासतमै आत्महत्या गरेपछि क्षेत्रीय प्रहरी कार्यालयद्धारा छानविन टोली गठन
दाङ–जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा कैदीले आत्महत्या गरेपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले प्रहरी नायब उपरिक्षक माधव श्रेष्ठको नेतृत्वमा ३ सदस्सीय छानविन समिति गठन गरेको छ ।
त्रिवेणी गाविस–६ निवासी ५२ वर्षीय गोपीलाल बुढाथोकीले प्रहरी हिरासतभित्रै आत्महत्या गरेपछि त्यसको वास्तविकता पत्ता लगाउन छानविन समिति गठन गरिएको सल्यानका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।
छानविन टोलीमा क्षेत्रकै प्रहरी निरीक्षक बिजुलीनाथ योगी र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरीनिरीक्षक सन्तोष रोका रहेका छन् । टोलीले आजैदेखि अनुसन्धानको काम सुरु गरेको छ ।
प्रहरीकाअनुसार हत्या आरोपमा फागुन २६ गते पक्राउ परेका बुढाले २९ गते विहान सवा आठ बजे हिरासतभित्र भेन्टिलेसनको ग्रिलमा झुण्डिएर आत्महत्या गरेका थिए । बुढाथोकिकी श्रीमती हत्या आरोपमा अहिले हिरासतमा छन् । यसैबीच मृतका आफन्तले तीन दिन वितिसक्दा समेत शव बुझेका छैनन् । प्रहरीले घटनाका विषयमा मृतकका आफन्तलाई शव बुझाउन प्रयास गरेपनि उनीहरुले बुझ्न नमानेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयमा शनिबार र आइतबार दिनभर प्रहरी प्रशासन र मृतकका आफन्तहरु बीच दिनभर छलफल भए पनि वार्ता उपलब्धी मुलक नभएको निमित्त प्रहरी प्रमुख विनोद खड्काले जानकारी दिए । हिजो आइतबार दिनभरीको छलफल निश्कर्षमा पुग्न नसकेपछि आज पुनः वार्ता बस्ने भनिएपनि बेलुकी ५ बजेसम्म कोहि पनि नआएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
‘आफन्तलाई फोन गरेर भनेका छौं, आउन नसके गाडी पठाइदिन्छौ पनि भन्यौं, तर उनीहरुले सल्लाह गरेर आउछौं भने तर आएनन्’ रिजालले भने । मृतकका आफन्तले दोषीलाई कार्बाही र क्षतीपूर्ति दिनुपर्ने या साससहितको मान्छे उपलब्ध गराउनुपर्ने माग राखेपछि समस्या उत्पन्न भएको प्रहरीले जनाएको छ । ‘उनीहरु अहिले चिन्तामा छन्, त्यसैले उनीलहरुलाई सम्झाउन प्रयास गरिरहेकाले अहिले नै दोस्रो विकल्प नखोजेको’ प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण