शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

हावाहुरीले अन्तर्राष्ट्रिय उडान डेढ घन्टा अवरुद्ध

सोमबार, ०१ चैत २०७२, १७ : ४२
सोमबार, ०१ चैत २०७२

काठमाडौँ–हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान केहीबेर अवरुद्ध भएको छ । एक्कासि आएको हावाहुरीले विमानस्थलको धावनमार्ग अवरुद्ध भएपछि करिब डेढ घन्टा विमान आकाशमा ‘होल्ड’ गरिएको थियो ।

हावाहुरीका कारण केही विमान होल्ड र दुई वटा अन्यत्र पठाइएको विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले राससलाई जानकारी दिए । उनका अनुसार एयर अरेबियालाई लखनौ र कोरियन एयरलाई बैंकक पठाइएको थियो ।

एयर अरेबिया, एयर इन्डिया, कतार एयरवेज, कोरियन एयर, फ्लाई दुबही र जेट एयर होल्ड गरिएको हो । केहीबेर अघिदेखि विमानस्थल समान्य भएको महाप्रवन्धक उपाध्यायले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप