शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रहरी कार्यालयमा मान्छे मारिनु र त्यसको प्रमाण नराखिनु षड्यन्त्र भएको स्थानीयवासीको आरोप

सोमबार, ०१ चैत २०७२, १७ : ५३
सोमबार, ०१ चैत २०७२

सल्यान– त्रिवेणी सिम्क–४ की निर्मला विक र वडा–६ का गोपिलाल बुढाथोकीको हत्या नै भएको भन्दै स्थानीयवासीहरुले जिल्ला प्रशासन कार्यालय सल्यानमा आज ५ बुँदे मागपत्र बुझाएका छन् । लुहाममा आज दिउँसो सर्वपक्षिय भेला गरेका आफन्त तथा स्थानीयवासीहरुले जिल्ला प्रहरी कार्यालयमा पनि मान्छे मारिनु र त्यसको प्रमाण नराखिनु षड्यन्त्र भएको आरोप लगाएका छन् ।

फाल्गुण २३ गते राती आत्महत्या गरिएको भनिएकी विकको नियोजित हत्या गरेकाले निजका हत्याराहरुलाई अनुसन्धान गरि अपराधिलाई कारबाही गर्नुपर्ने, त्रिवेणी–६ सिम्कका ५२ वर्षीय गोपिलाल बुढाथोकीको प्रहरी हिरासतमै पासो लगाई आत्महत्या गरिएको भनिएपनि पासोको कुनै प्रमाण नदेखाई ढाकछोप गर्ने षड्यन्त्रमा गरिएकाले आपत्ती प्रकट र उक्त रहस्यमय हत्याको सत्यतथ्य छानविन र मृतकका छोराछोरीलाई जीवनयापन गर्नका लागि १० लाख रुपैयाँ दिनुपर्ने माग गरिएको छ ।

यस्तै लुहाममा भएको शान्तिपुर्ण नाराजुलुशमा मृत्तककी दिदीलाई प्रहरीद्धारा मरणासन्न हुने गरी कुटपिट गरिएकाले उनको उपचार र दोषीमाथि कारवाही गर्नुपर्ने रहेका छन् । वार्ता गर्न आफुहरु जिल्ला प्रशासन नजाने र जिल्लाका सरोकारवाला निकायहरु नै लुहाममा आउनुपर्ने, र मागहरु सम्बोधन तथा कार्यान्वयन नभए चैत २ गतेदेखि सम्पूर्ण विद्यालय, कार्यालय, व्यापार, यातायात अनिश्चितकालिन बन्द गर्ने निर्णय गरिएको उनीहरुले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप