कटारी गोल्ड कप : दोस्रो दिनको खेलमा फ्रेन्स क्लब विजयी
उदयपुर – उदयपुरको कटारी नगरपालिकामा संचालित दोस्रो कटारी गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज सम्पन्न खेलमा फ्रेन्स क्लव, विआरसी भुटानले जीत हाँसिल गरेको छ ।
फ्रेन्स क्लब भुटान र बनेपा व्वाईज क्लब बीच निकै रोमान्चक तथा प्रतिस्पधात्मक खेलमा फ्रेन्स क्लब भुटानले बनेपा व्वाईज क्लबलाई २ गोलले पराजित गरेको हो ।
फ्रेन्स क्लव भुटानका जर्सी नम्बर ७ का खेलाडी धिरज तामाङले दोस्रो हाफको ४६ औं मिनेटमा नै पहिलो गोल गरेका थिए । लगत्तै ५८ औं मिनेटमा फ्रेन्स क्लब खेलाडी जर्सी नम्बर १३ का रुपेस केसीले दोस्रो गोल गर्दै फ्रेन्स क्लबलाई दुई गोलको अग्रता दिलाएका थिए । तर बनेपा व्वाईज क्लबका १२ का भिक्टरले खेलको ७५ औं मिनेटमा फ्रेन्स क्लबको पोष्टमा गोल गरे पनि जित हाँसिल गर्न सकेनन ।
पहिलो हापमा फ्रेन्स क्लब भुटान र बनेपा ब्वाईज विच निकै प्रतिस्पर्धात्मक खेल भए पनि कुनै टिमले गोल गर्न सकेनन । प्रतियोगिताको पहिलो म्यान अफ दी म्याच फ्रेन्स क्लबका जसी नं. ५ रवि सिलवाल घोषित भए । मंगलबारको खेल शसस्त्र प्रहरी क्लव (एपिएफ) र मोरङ ११ विच हुने आयोजकले जनाएको छ ।
सिभिल होम्स काठमाडौंको मुख्य प्रायोजन तथा कटारी नगरपालिका र साथी समुह कटारीको सहयोगमा गोल्डकप सन्चालन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण