४७ जिल्लामा जापानी इन्सेफ्लाइटिसविरुद्ध खोप
सोमबार, ०१ चैत २०७२, १८ : २३
काठमाडौँ– सरकारले लामखुट्टेको टोकाइबाट हुने जापानी इन्सेफ्लाइटिस रोग रोकथामका लागि ४७ जिल्लामा आगामी वैशाख २६ गतेदेखि खोप अभियान सञ्चालन गर्न लागेको छ ।
पहिले तराई र काठमाडौँ उपत्यकाका जिल्लामा सञ्चालन भएको खोप अभियान पहाडी र हिमाली जिल्लामा सञ्चालन गर्न लागिएको हो । मानिसको बदलिँदो रहनसहन र तराईका जिल्लामा बढ्दो आवतजावतले हिमाली र पहाडी जिल्लामा पनि रोगको खतरा बढ्दै गएपछि अभियान सञ्चालन गर्न लागिएको बालस्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख मुकुन्दराज गौतमले जानकारी दिए ।
गौतमका अनुसार लामखुट्टेको बदलिँदो अवस्थितिका कारण अहिले तराईका मात्र नभएर पहाडी र हिमाली जिल्लामा पनि रोगको खतरा बढ्दै गएकाले सरकारको पहिले खोप कार्यक्रम सञ्चालनमा नपरेका ४४ जिल्लामा पहिलो पटक अभियान सञ्चालन गर्न लागिएको हो । गर्मी मौसममा जापानी इन्सेफ्लाइटिसबाट बच्न विशेषगरी लामखुट्टेको टोकाइबाट बच्नुपर्दछ ।
यसैबीच दादुरा–रुबेला खोप अभियान चौथो चरणमा प्रवेश गरेको छ । यही चैत ३ गतेदेखि उच्च हिमाली भेगका हुम्ला, जुम्ला, मुगु, डोल्पा, मनाङ, मुस्ताङ र सोलुखुम्बुका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई सो खोप कार्यक्रम सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण