पूर्वमन्त्री मोदनाथ प्रश्रितले भने– ‘शारदालाई बलात्कार गरेको छैन, उनले सम्मानित काका भनेकी थिइन्’
काठमाडौं–भ्रष्टाचार विरोधी अभियन्ता शारदा भुषाले ‘धरातल’ नामक पुस्तकमार्फत पूर्वमन्त्री मोदनाथ प्रश्रितले आफूमाथि बलात्कार गरेको आरोप लगाएपछि प्रश्रितले त्यस्तो संगिन आरोपको खण्डन गरेका छन् । सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रश्रितले आफूमाथि काल्पनिक र मनगढन्ते आरोप लगाएको भन्दै अर्घाखाँचीका लेखिका शारदा भुसाललाई ‘पागल’ को संज्ञा दिएका छन् । भुसालले ०४८ सालमा पूर्वमन्त्री प्रश्रितले आफूमाथि बलात्कार गरेको कुरा पुस्तकमा उल्लेख गरेकी छिन् ।
‘मलाई सम्झना भएसम्म २०५४ सालमा निज शारदा भुसालले कुनै सभाको आयोजना गरेकी थिइन् र त्यसमा मलाई निज आफैंले प्रमुख अतिथिको रुपमा भाषण गर्न लगाएकी थिइन्’ प्रश्रितले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘त्यतिबेला मलाई निजबाट ‘मेरा अभिभावक तथा सम्मानित काका’ भनेर सम्बोधन गरिएको थियो ।’ आफूले त्यस्तो जघन्य अपराध गरेको भए यतिका वर्षसम्म किन कतै कुनै आवाज नउठाएको भन्ने प्रश्न गर्दै प्रश्रितले भुसालले आयोजना गरेको आमसभामा आफूलाई किन प्रमुख अतिथि बनाएको भन्दै प्रश्न गरेका छन् । भुसालले नक्कली विवरणको आडमा पुस्तक तयार गरेको भन्दै आफू र आफ्नो श्रीमतीले मानसिक असन्तुलनको औषधि उपचार गरिदिनका लागि भुसालको मातापिताको अनुरोधमा शारदालाई २०४८ सालमा काठमाडौं ल्याएका प्रश्रितले बताएका छन् । उनले भनेका छन्, ‘त्यतिबेला मेरो स्वयम्भूमा रहेको डेराकै नजिक मित्र श्री सागर नेपालको घरमा डेरा खोजेर राखिदिएका थियौं । तत्कालै एकजना मानसिक चिकित्सककोमा उपचारका लागि लगेर औषधि दिलाएका थियौं । मानसिक असन्तुलन भएकी उनी १०/१२ दिनमै डेरा छाडेर हिँडिछन् । हामीले त्यसपछि निजका बाबुआमालाई तत्कालै खबर गरिदिएका थियौं । त्यसपछि एकैपटक उनले आयोजना गरेको सभामा मलाई बोलाइएको थियो ।’ आफ्नो व्यक्तित्व समाप्त गरिदिने उद्देश्यले भुसालले पुस्तक प्रकाशन गरेको भन्दै प्रश्रितले उक्त साहित्यीक पुस्तक जफत गर्नका लागि प्रशासन समक्ष आग्रह गरेका छन् । त्यस्तै प्रश्रित पत्नि कविता पौडेलले पनि भुसालले आफ्नो श्रीमानमाथि घिनलाग्दो आरोप लगाएको भन्दै भुसाल विगतमा पागल भएको आरोप लगाएकी छिन् । प्रश्रित पत्नि कविताद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘धरातल पुस्तककी लेखिका शारदा भुसालले मेरा श्रीमानमाथि अनर्गल आरोप लगाएकी छन् । उनलाई मानसिक रोगको उपचारका लागि २०४८ सालमा काठमाडौं ल्याइएको थियो । त्यहाँदेखि म मेरा श्रीमानसँग निरन्तर रुपमासँगै बस्दै आएकी छु । हाम्रो परिवारको तर्फबाट उनलाई सक्दो सहयोग गरिएको पनि हो । उनी बीचैमा आफ्नो डेरा छोडेर हिँडेकी थिइन् । यतिका वर्षसम्म सम्पर्कविहिन रहेकी उनीबाट विगतको सहयोगका लागि धन्यवाद पाउनुको साटो समग्र परिवारको इज्जत–प्रतिष्ठा माटोमा मिलाउने गरी जेजस्तो लेखाइ उनीबाट भएको छ, त्यसमा मलाई धेरै दुःख लागेको छ । एक महिला हुनुको नाताले उनको झुठो, कपोलकल्पित र समाजविरोधी लेखाइप्रति घोर घृणा र भ्रत्सना व्यक्त गर्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण