विकासका काम अघि बढाउन एमाओवादी अध्यक्षको जोड
लहान– पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले जनताले अनुभूत गर्ने गरी विकासका काम अगाडि बढाउनुपर्ने बताएका छन् ।
सिरहाको बन्दीपुरस्थित कमला पूर्वी नहर प्रणालीको माइनर नं १ को नहर विस्तार तथा सुदृढीकरण कार्यक्रमको आज शिलान्यास गर्दै उनले जनस्तरमा सहयोग पुग्ने विकासमा ध्यान दिनुपर्ने बताए । उनले भने, “जनतालाई अनुभूति नहुने विकासको कुनै अर्थ छैन ।”
सरकारी एवम् स्थानीय तहबाट विकासका कार्यक्रमलाई शीघ्र सञ्चालन गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले नहर प्रणालीको विकासपछि जनताले सिँचाइ सुविधा उपभोग गर्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा सिँचाइमन्त्री उमेशकुमार यादवले करिब रु दुई करोड ५७ लाखको लागतमा सम्पन्न हुने सो नहर विस्तार तथा सुदृढीकरणको काम आगामी जेठ मसान्तभित्र सम्पन्न हुने बताए ।
सात किमी लम्बाइको सो नहरबाट कमला नदीको पानीबाट पूर्वी सिरहाको बडहरामाल, कालान्जर र भेरियालगायत गासिवका करिब ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण