क्विन्स वल्र्ड फिल्म फेस्टिभल : उत्कृष्ट अभिनेत्रीको नोमिनेसनमा सिर्जना सुब्बा
काठमाडौं-मंगलबारबाट अमेरिकाको न्यूयोर्कमा हुन लागेको क्विन्स फिल्म फेस्टिभल–२०१६मा उत्कृष्ट अभिनेत्रीको अवार्डका लागि सिर्जना सुब्बा नोमिनेसनमा परेकी छिन् । ६ दिन चल्ने फेस्टिभलमा उनले अभिनय गरेको नेपाली सिनेमा ‘डाइङ क्यान्डल’बाट प्रतिष्पर्धामा उत्रिएकी हुन् । उनीसँग ‘द सिंग्स टु दि स्टार्स’बाट फन्नी लोरेटो, ‘डिजायर इन न्यूयोर्क’बाट जेनिफर गेगन, ‘अब्लिभियन सिजन’बाट सारेह बयत, ‘डर्टी ब्यूटिफूल’बाट जोर्डन मोनघन र ‘नोथिङ सिरियस’बाट सारा सेगर प्रतिष्पर्धामा छिन् । नरेशकुमार केसी निर्देशित सिनेमा ‘डाइङ क्यान्डल’बाट केसी भने बेस्ट फिचर न्यारेटिभ विधामा मनोनयनमा परेका छन् । त्यस्तै सिनेमाबाट दिपंकर सिक्दर र रविन आचार्य बेस्ट सिनेमाटोग्राफी इन फिचर विधामा प्रतिपष्र्धाका लागि छनोट भएका छन् । सिनेमामा सिर्जना प्रमुख भूमिकामा देखिन्छिन् । माथिल्लो हिमाली भेगको कथा समेटिएको सिनेमामा लाक्पा सिंगी लामाले उनको भाइको भूमिका गरेका छन् । त्यसैगरी विद्या कार्की, सौगात मल्ल र अर्पन थापाको अभिनय पनि सिनेमामा देख्न पाइनेछ । सिनेमा आउँदो शनिबार फेस्टिबलमा प्रदर्शन हुनेछ । अमेरिकामै सोमबार समापन भएको ‘इनभारोन्मेन्ट फिल्म फेस्टिभल’मा पनि सिनेमा प्रदर्शन गरिएको थियो ।
हेर्नुहोस् ‘डाइङ क्यान्डल’को ट्रेलरभाग १
हेर्नुहोस् ‘डाइङ क्यान्डल’को ट्रेलरभाग २खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण