शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ल्हारक्यालले ‘मेरो स्वास्थ्य ठीक छैन’ भन्दै पोलिग्राफ गर्न मानेनन्

मङ्गलबार, ०२ चैत २०७२, १९ : १३
मङ्गलबार, ०२ चैत २०७२

काठमाडौं– लकरमा गोली फेला परेपछी पक्राउ परेका एमाओवादी सभासद् ल्हारक्याल लामाले आफ्नो स्वास्थ्य ठीक नभएको भन्दै पोलिग्राफ गर्न अस्विकार गरेका छन् । ‘पोलिग्राफ’ झुटो पत्ता लगाउने मेशिन हो । अनुसन्धानका क्रममा अभियुक्तको शरीरका विभिन्न भागमा पोलिग्राफ जोडेर बयान लिँदा झुटो बोलेमा पोलिग्राफमा उत्पन्न हुने भाईब्रेसनको आधारमा झुटो प्रमाणित हुन्छ । बयानका क्रममा मंगलबार ल्हारक्याललाई प्रहरी हेडक्वार्टमा पोलिग्राफ गर्न लगिएको थियो । ‘उहाँले पोलिग्राफ गर्न अस्विकार गर्नुभयो,’ अनुसन्धानमा संलग्न एसपी प्रधुम्न कार्कीले रातोपाटीसँग भने, ‘उहाँले आफ्नो स्वास्थ्यमा सामान्य समस्या रहेको भन्दै पोलिग्राफ अस्विकार गर्नुभयो ।’ स्ट्यान्डर्ड चार्टर्ड बैंकको लकर पनि जाँच त्यस्तै मंगलबार प्रहरी र अख्तियारको संयुक्त टोलीले स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रहेको ल्हारक्यालको लकर चेक गरेको छ । २०१४ देखि भाडामा लिएको ल्हारक्यालको चर्टर्ड बैंकको सो लकरमा केही पनी फेला नपरेको एसपी कार्कीले जानकारी दिए । उनले भने, ‘लकर २०१४ देखि भाडामा लिएको देखियो, तर केही फेला परेन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप