बालबालिकासँग राजकुमारले भने : असम्भव केही छैन, गरे सकिन्छ
काठमाडौँ– बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्यारीले प्रश्न गरे, समाजमा विद्यमान बालविवाह अन्त्य गर्न के गर्नुपर्ला ?
बालक सहिल अन्सारीको जवाफ थियो, “सर, समाजमा गरिबी, अशिक्षा र पछौटेपनले जरो गाडेर बसेको छ । यसको अन्त्य नभसम्म बालविवाह अन्त्य हुन गाह्रो छ ।” ती तीनकुरा हटाउन समय लाग्छ हैन र रु बाँकेका ती बालकले राजकुमारलाई जवाफ दिए ।
आज यहाँ आयोजित बालिका सम्मेलनमा सहभागी हुनुपूर्व सम्मेलनमा सहभागी भइराखेका बाल बालिकासँगको करिब ४५ मिनेट लामो अन्तरङ्ग कुराकानीमा बेलायती राजकुमार ह्यारीलाई अत्यन्तै गम्भीर र भावुक बनायो । यस अवसरमा राजकुमार ह्यारीले बालबालिकाको कुरा मात्र सुनेनन् आफ्ना अनुभवसमेत खुलस्त गरे ।
मकवानपुरकी बालिका नवीना विकले प्रश्न गरिन्, बालविवाहसम्बन्धी परम्परागत सोचाइ र धारणालाई परिवर्तन गर्न के गर्नुपर्ला रु राजकुमार ह्यारीलाई बालिकाको प्रश्नले गम्भीर बनायो अनि उनले भने,–“समाज, घर परिवारका सोचाइ क्षणभरमा परिवर्तन हुने कुरा होइन, समय लाग्छ । यसका लागि आफ्नो प्रयास जारी राख्न छाड्नु हुँदैन नि ।”
सम्मेलनमा सहभागी भएका १५ जिल्लाका ५९ बालबालिकाले तयार गरेको चुराको कलात्मक चित्रका वरिपरि राजकुमार ह्यारी घुम्दै नेपाली बालबालिकासित रमाए । उसो त राजकुमार ह्यारीले मङ्गलबार लमजुङको गौँडा उच्च माविका बालबालिकासित ४० मिनेट भलिबल खेलेर उनीहरुलाई ऊर्जा प्रदान गरेका थिए ।
सम्मेलनमा सहभागी भएका बालबालिकाले चुराबाट बनाइएको कलात्मक दृश्यले राजकुमारलाई ह्यारीलाई लोभ्याएको थियो । रौतहटकी बालिका रिजवान खातुनलाई राजकुमार ह्यारीले प्रश्न गरे, यो सुन्दर र कलात्मक कला कसरी तयार भयो रु बालिका खातुनले जवाफ फर्काइन, सर चुरा हो । यो हाम्रो जीवनसित गाँसिएको छ । भावुक हुँदै राजकुमार ह्यारीलाई बालिका खातुनले मनको वह पोखिन, सर हाम्रो समाजमा त बालविवाह र दाइजोप्रथा धेरै छ । छर छिमेकी, परिवारलाई बालविवाह गर्नुहुँदैन भन्यो भने सानी भएर धेरै नबोल भन्छन् ।
विवाह एउटा उत्सव हो । दुई व्यक्ति र तिनको परिवारबीचका नयाँ सम्बन्धको सुरुवात पनि हो । प्रायः भव्य र साजसज्जा, भोजभतेर तथा जमघटमा विवाह सम्पन्न हुने प्रचलन नै छ । हिन्दू परम्परामा विवाहका समयमा रातो सिन्दूर, पोते र चुराको विशेष महत्व रहन्छ ।
सुर्खेतकी बालिका पुनम दुलालले अबको १५ वर्षमा समाजमा विद्यमान बालविवाह कसरी अन्त्य होला रु राजकुमार ह्यारीलाई प्रश्न गरिन् । अबिवाहिता ३२ वर्षीय राजकुमार ह्यारीले यसका लागि सामूहिक प्रयास गर्नुपर्छ । मलाई अमेरिकी प्रथम महिला ओबामाको भनाइको याद आउँछ, उनी भन्थे “सधैँ तल्लोस्तरबाटै परिवर्तन हुन आवश्यक छ, प्रत्येक परिवार तथा समुदायमा रही आएको महिला तथा बालिकाप्रति पूर्वाग्रह परिवर्तन नभएसम्म उनीहरुको अवसरको ढोका खुल्दैन ।” यसैले सबै एकसाथ लाग्यौँ भने विश्वमा असम्भव भन्ने केही छैन, होइन र रु
तिमीहरु पढ्ने विद्यालय शिक्षामा बालविवाहसम्बन्धी केही विषय छैनन् रु राजकुमार ह्यारीले शारदा उच्च मावि सुर्खेतमा कक्षा ११ मा अध्ययनत सुनिता जैसीलाई जिज्ञासा राखे । जैसीले उत्तर फर्काउँदै भनिन्– “विद्यालय शिक्षामा महिलामैत्री छैन, तर शिक्षकले भने यस विषयमा जानकारी दिनुहुन्छ । शिक्षकले भन्नुभएका कुरा परिवार र समाजलाई सुनायो । तर यसको कमै सुनुवाइ हुन्छ ।”
“चिन्ता नगर्नुहोस् । तपाइँको समाज पविर्तन हुँदैछ । राष्ट्रपति र सभामुख महिला छन् । मलाई लाग्छ उहाँहरु तपाईँहरुकै पक्षमा छन् ।” राजकुमार ह्यारीका यी जवाफ सुनेर बालबालिका हौसिएका थिए ।
राजकुमार ह्यारीसँग अन्तरङ्ग संवादपछि कार्यक्रम स्थलमा पुगेका राष्ट्रपति विद्यादेवी भण्डारीसहित बालबालिकासँग राजकुमार ह्यारीले सामूहिक तस्बिर खिचाइरहँदा सबैका अनुहारमा खुशीको तरङ्ग फैलिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
-
सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण