आर्थिक समृद्धिका लागि बाटो खुला : उपप्रधानमन्त्री रावल
काठमाडौँ–उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावलले नेपाल र चीनबीच भएका विभिन्न सम्झौताले अब मुलुकमा आर्थिक समृद्धिका लागि थप सम्भावनाका बाटो खुलेको बताएका छन् ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री रावलले अहिलेसम्म भारतीय भूमिबाट मात्रै तेस्रो देशसँगको व्यापार हुने गरेकोमा अहिलेको सम्झौताले चीनको भूमिबाटसमेत तेस्रो मुलुकसँगको व्यापार गर्न पाउने व्यवस्था भएकाले यसले दीर्घकालीनरुपमा नेपाललाई फाइदा गर्ने बताए ।
उनले नेपाल स्वतन्त्र र सार्वभौम सम्पन्न राष्ट्र भएकाले आफ्नो देशको आवश्यकताअनुसार नेपालले जुनसुकै मुलुकबाट पेट्रोलियम पदार्थ आयात गर्न सक्ने बताउँदै अहिले प्राविधिक कारणले मात्रै चीनसँग इन्धन सम्झौता हुन नसकेको प्रष्ट पारे ।
उपप्रधानमन्त्री रावलले तेलको मूल्य, ढुवानी, करलगायतका प्राविधिक कारण टुङगो लागिनसकेका कारण अहिले इन्धन सम्झौता गर्न नसकिएको जानकारी दिँदै नेपाल र चीन दुबै पक्ष सकारात्मक रहेकाले अब चाँडो त्यस विषयमा सम्झौता हुने बताए ।
उनले नेपालले पञ्चशीलका आधारमा छिमेकीसँग पारस्परिक हित, समानता र लाभमा आधारित रहेर सम्बन्धलाई अझै फराकिलो र गहिरो बनाउने बताए ।
नेकपा (एमाले) का उपाध्यक्ष समेत रहेका रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गरेको छिमेकी भारत र चीनको भ्रमण नेपालको हितमा रहेकाले अब त्यसको कार्यान्वयनमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक वर्ष प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण