यसरी प्रहरीको नियन्त्रणमा प्रहरी नै परे
डोटी–डोटीमा प्रहरीको नियन्त्रणमा प्रहरी नै परेका छन । डोटीको सरस्वतीनगर ईलाका प्रहरी कार्यालय जोरायलमा प्रहरी र स्थानीयबीच हिजो साँझ भएको झडपको अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय डोटीले प्रहरी र स्थानीय गरी चार जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी चौकी इञ्चार्ज धनबहादुर नाथ, डिउटीमा रहेका प्रहरी जवान गोकर्ण बोहरा र मदिरा सेवनगरी कार्यालयभित्र पस्ने नरबहादुरकठायत र रबि कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार बेलुका स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपमा परी प्रहरी हवल्दार रमेश सिंह धामी र सिपाहीद्वय गोकर्ण बोहरा र कृष्णबहादुर चन्दलाई सामान्य चोटपटक समेत लागेको छ ।
घटनामा अनुन्धान गर्नका लागी प्रहरी र दुई जना स्थानीयलाई प्रहरी नियन्त्रणमा राखिने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरिक्षक डिल्लीराज बिष्टले बताउनु भएको छ ।
स्थानीय र प्रहरी चौकीमा रहेका प्रहरी बिच भएको झडप ईलाका प्रहरी चौकी बुडरबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
-
सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण