शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भारतको केरलस्थित मन्दिरमा आगलागी, कम्तिमा १२० जनाको मृत्यु

आइतबार, २८ चैत २०७२, १४ : ०९
आइतबार, २८ चैत २०७२

केरल – भारतको केरलस्थित कोल्लम जिल्लामा पुतिंगल देवी मन्दिरमा आतिसबाजी गर्दा भएको आगलागीमा रिकब १ सय २ जनाको निधन भएको छ भने ३ सय ५० भन्दा बढी गम्भिर रुपमा घायल भएका छन् । घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बर्न स्पेशियलिस्टको टोलीसहित घटना स्थलतर्फ लागेका छन् । त्यस्तै एयरफोर्सको ८ वटा हेलकप्टरको रेस्क्यु टोलीलाई परिचालन गरिएको छ । मोदीले मृतकको परिवारलाई २–२ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका न् । ३ बजे केरल क्याबिनेटको आपत्कालिन बैठक बोलाएको छ । गैरकानूनी तरिकाले आतिशबाजी गरेको भन्दै घटनाको न्यायीक छानबिन गर्न आदेश दिइएको छ । मन्दिरमा पटका पड्काउने अनुमति नभएको बताइएको छ ।

मलयालमहरुको नयाँ वर्ष मंगलबार भएका कारण मन्दिरमा अरु दिनभन्दा धेरै भिड थियो । घटना हुँदा करिब १५ हजार धर्मावलम्बीहरु उपस्थित रहेको बताइन्छ । मन्दिरमा नवरात्रको उत्सव मनाइएको थियो । करिब ३ बजेर ३० मिनेटमा आतिशबाजी शुरु गरिएको थियो । जसपश्चात मन्दिर परिसरमा भागदौड मच्चिएको थियो । द हिन्दुका अनुसार आतिशबाजी गर्दा आगोको झिल्का पटाखाको गोदाममा पुग्यो । त्यसपछि ठूलो विस्फोट भएको थियो । त्यसपछि त्यहाँ आगलागी भएको थियो । घटनामा त्रावणकोर देवासम बोर्डको भवनको जलेर नष्ट भएको छ । आगलागी भएको क्षेत्रमा मन्दिरलाई रंग्याउन ल्याइएको रंग पनि थियो जसको कारण आगलागी झन् भयानक बनेको थियो । कोल्लम जिल्लाको पारावुरमा रहेको यो मन्दिरमा देवीको बास भएको मानिन्छ । यो त्यस क्षेत्रको निकै चर्चित मन्दिर हो । मन्दिरमा विदेशीहरु पनि आउने हुँदा मारिनेमा विदेशीहरु पनि हुनसक्ने आशंका गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप