भाग्यमानी बुलफाइटर !
काठमाडौं – पेरुका बुलफाइटर आन्द्रेस रोका रे मात्र १९ वर्षका भए । तर, बुल फाइटिङको क्षेत्रमा उनी चर्चित नाम हुन् ।
ठूला साँढेसँग जुध्नुपर्ने यो खेल विश्वकै खतरनाकमध्ये मानिन्छ । धेरैले यो खेलका दौरान ज्यान पनि गुमाएका छन् । तर, रे भने कुनै परवाहबिना मैदानमा उत्रन्छन् । उनी आफै पनि घाइते नभएका होइनन् । तर, ठीक हुने बित्तिकै फेरि मैदानम उत्रन्छन् ।
गत नोभेम्बरमा मात्र भएको एक घटनामा साँढेको सिङ्ग उनको मुखमा छिरेको थियो । घटनाको तस्विर हेर्दा निकै भयानक देखिए पनि उनले दुइवटा दाँत मात्र गुमाए । शरीरमा पनि सामान्य चोट मात्र लाग्यो । त्यतिबेला उपस्थित डाक्टरहरुले उनलाई भाग्यमानी भएको बताएका थिए ।
उक्त घटनाको केही समयमा उनी नक्कली दाँत लगाएर पुनः मैदानमा उत्रिसकेका थिए । केही दिनअघि स्पेनको सेभियामा रहेको ला मेस्ट्रान्जा बुलरिङमा उनी देखिए । बुलफाइटिङका दौरान उनी फेरि अर्को दुर्घटनाको सिकार भए ।
तस्विरमा देख्न सकिन्छ, उनको नितम्बमा नै साँढेले सिङ घुसाएको । तस्विर निकै दर्दनाक देखिन्छ । तैपनि उनलाई सामान्य चोटपटक मात्र लाग्यो । घटनामा साँढेको सिंङले तिघ्रामा मात्र घोपेको र धेरै चोट नलागेको बताइएको छ ।
उक्त खेलको दौरान स्पेनका पूर्व राजा हुवान कार्लोस समेत दर्शकदिर्घामा उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण