रौतहटको दुई गाविसमा भिषण आगलागी १९ घर नष्ट, लाखौंको क्षति
रौतहट – रौतहटको दुई गाबिसमा आइतबार भएको भिषण आगलागी बाट १९ घर जलेर नष्ट भएका छन् । दमकलको सहयोगमा प्रहरीले नियन्त्रणको प्रयास गरिरहेको छ । आगलागी झै पनि पूर्णरुपमा नियन्त्रण हुनसकेको छैन । आगलागीबाट कुनै मानविय क्षती नभए पनि लाखौंको भौतिक क्षती भएको छ । प्रहरीका अनुसार अपरान्ह शुरुभएको आगलागीबाट दिपही गाबिसमा १४घर जलेर नष्ट भएको छ । गौरबाट गएको दमकलको सहयोगमा नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानियले आगो नियन्त्रण लिने प्रयास गरी रहे पनि हालसम्म पूर्णरुपमा नियन्त्रण हुनसकेको छैन । स्थानीय शिक्षक सुरेश यादवका अनुसार अपरान्ह चारबजे दिपही–२ का जियालाल पण्डितको घरबाट शुरुभएको आगलागीबाट बताई पण्डित, िदनकर पण्डित,बँशुली पण्डित,अनुठा पण्डित,नेमीलाल यादव,उमेश यादव,हृदय नारायण यादव,बिन्दा यादव,पनिलाल यादव,हेमचन्द्र यादव, बालदेव यादव,गणेश पण्डित,मोतीलाल यादवगरी १४ वटा घर जलेर नष्ट भएको छ । आगलागीबाट मानविय क्षती न भएको तथा क्षतीको बिवरण आउन नसकेको जिल्ला प्रवकता एवं प्रहरी निरिक्षक बिरेन्द्र पाश्वानले बताएको छ । सदरमुकाम गौर बाट समयमै दमकल आउनु र प्रहरी तथा स्थानियको सकृयताले थप क्षति हुनबाट जोगिएको शिक्षक यादवले बताएका छन् । यसअघि प्रेमपुर गोनाही गाबिस वडा ८ उचिडिहटोलमा आजै दिउँसो भएको आगलागीबाट पाँचघर जलेर नष्ट भएको छ । स्थानिय मरियम खातुनको घरको अगाडी बालिएको घुरबाट सल्किएको आगोबाट मरीयम खातुन,प्रभु महतो,सनिफ मिया,हनिफ मिया, नसिर मियाको गरी पाँचवटा घर जलेर नष्ट भएको हो । आगलागीबाट मानविय तथा चौपायाको क्षति नभएपनी आठलाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दिउँसो १ बजे भएको आगलागी प्रहरी र स्थानिय मिलेर दुईबजे सम्म नियइत्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण