खडेरीले डोल्पामा अन्नबाली सुक्यो, किसान चिन्तित
डोल्पा – उच्च हिमाली जिल्ला भएतापनि आजभोलि डोल्पाका पहाडहरुमा हिउँ छैनन् । लामो समयदेखि हिमपात नभएकाले अघिल्ला वर्षहरुमा सेताम्य देखिने पहाडहरु उराठलाग्दा र काला देखिन्छन् भने खोला–नाला सुक्न थालेका छन् । पानी नपर्दा र भएका खोला–नाला पनि सुक्दा सिँचाईको सुबिधा भएका स्थानमा समेत सुख्खा लागेको छ ।
खडेरीको बढी प्रभाव लिकु, जुफाल, पहाडा त्रिपुराकोटलगायतका दुई दर्जनभन्दा धेरै गाविसमा परेका छन् ।
समयमै पानी नपरेकाले कतिपय गा बि सहरुमा कृषकहरुले अन्नबालीनै लगाएनन् भने कतिपय गाँउहरुमा खडेरीले लगाईएको गहुँ, जौँ पनि उम्रिएका छैनन् । उम्रिएका पनि सुक्न सम्भावित अनिकालको त्रासले किसान चिन्तित बन्न पुगेका छन् ।
खडेरीले अन्नबालीहरु सखाप भएपछि किसानहरुले लगाइएका अन्नबालीमा पशुचौपाया छाडा छोड्न थालेका छन् । डोल्पाका सबैजसो गाविसहरुमा सिंचाईको सुबिधा नभएकाले अन्नबाली लगाउँदा किसानले आकाशेपानीको भरपर्नु पर्ने बाध्यता छ ।
खडेरी लागेर अन्नबाली बोटमै सुक्नुका साथैै बालाहाली सकेका जौँ, उवा लगायतका अन्नबालीहरुपनि सुक्न लागेपछि कृषकहरु संकटमा परेको त्रिपुराकोटका स्थानीय कृषक लबचन्द्र रोकायले बताए । गत बर्षतिर समयमै पानीपर्ने गरेकाले त्यति खाद्यन्नको अभाब नहुने गरेपनि यस बर्ष खडेरीले जिल्ला भरीका २३ सै गाविसमा लगाइएका अन्नबालीहरु सुक्न थालेकाले डोल्पामा खाद्यान्नको चरम संकटहुने देखिएको रोकायले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण