पुँजी बजार ९ दशमलव ९७ अंकले ओर्लियो
सोमबार, २९ जेठ २०७४, १५ : ३४

काठमाडौं–साताको दोस्रो दिन सोमबार पुँजी बजार ९ दशमलव ९७ अंकले ओर्लिएको छ । यो गिरावटसँगै वजार एक हजार ५ सय ८० दशमलव ५२ अंकमा झरेर रोकिएको छ ।
एक सय ३८ कम्पनीको ७ लाख ९८ हजार ६ सय १३ कित्ता सेयर खरिद विक्रि भएको आज ४९ करोड ८८ लाख ९६ हजार २३ सय ५४ रुपैयाँको कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज बजारमा सवै समूहको सूचक रातो भएका छन् । बैकिङ समूहको सूचक ७ दशमलव ४९ अंकले ओर्लिएको आज होटल समूहको सूचक २८ दशमलव ९९, विकास बैंक समूहको सूचक १२ दशमलव ९८ अंकले ओर्लिएको छ । यस्तै, जलविद्युत समूहको सूचक २३ दशमलव ३८ अंकले घटेको आज फाइनान्स समूहको सूचक २ दशमलव ४, बीमा समूहको सूचक ८१ दशमलव ०६, उत्पादनमुलक समूहको सूचक ७ दशमलव ३ र अन्य समूहको सूचक १ दशमलव ७३ अंकले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कसँगको सम्बन्ध अन्त्य भएको ट्रम्पको घोषणा
-
बौद्धमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
-
बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वमा समिति गठन
-
एमआरपी कार्यान्वयनमा कडाइ, सुरुमा विरोध भए पनि लागू गर्दै छन् व्यापारी
-
वीरगञ्जस्थित बाल उद्यान अब शङ्खधर साख्वः उद्यान
-
किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’