जेसिजका राष्ट्रिय अध्यक्षका दुईवटा जन्म मिति !
काठमाडौं –नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जगतबहादुर पोखरेल उमेर विवादमा तानिएका छन् । बिभिन्न निकायमा प्रयोग गरिएका कागजात, कन्फ्रेन्स भिषा र दुई भिन्न–भिन्न नागरिकतामा फरक–फरक उमेर पाइएपछि उनको नागरिकतामा उमेर बिबाद देखिएको हो । अमेरिकी दूतावास काठमाडौंबाट प्राप्त गरेको कन्फ्रेन्स भिषाको कागजातमा पोखरेलको उमेर १ भदौ २०३२ अर्थात १७ अगष्ट १९७५ उल्लेख छ । उनले नोटरी पब्लिकबाट प्रमाणीत गराएको २०१५ को भोट लिष्टको कागजातमा पनि उमेर ३२ बर्ष नै उल्लेख छ । यसैगरि जिल्ला प्रशासन पाल्पाबाट २९ डिसेम्बर २०१५ मा उनले प्रमाणित गराएको नागरिकताको अंग्रेजी कागजातमा पनि उनको उमेर १ भदौ २०३२ नै छ । तर, उनले १५ जेठ २०५० मा जिल्ला प्रशासन पाल्पाबाटै लिएको ४१३८९ नम्बरको नागरिकतामा भने उमेर १ भदौ २०३३ उल्लेख छ । २०५० को नागरिकता कामु प्रजिअ दुर्गानाथ गौतमले जारी गरेका छन । पोखरेलको २०५० मा जारी भएकै नागरिताको अर्को फोटो कपीमा भने उनको जन्म मिति २०३२ लेखिएको छ । यद्यपी पोखरेलेको नागरिकता नम्बर भने सबै कागजातहरुमा एउटै उल्लेख छ ।
नेपाल जेसिजको अध्यक्ष हुनका लागि पोखरेलले मिलेमतोमा नागरिकताको उमेर हेरफेर गराएको आरोप लागेको छ । जेसिजको नियम अनुसार १८ देखी ४० बर्ष उमेरसम्म मात्र युवा सदस्य हुन्छन् । जेसिजको नियम अनुसार ४० बर्ष नाघेका युवाले जिम्मेबार पदमा उम्मेद्वारी दिन पाउँदैनन् । नागरिकता ऐन अनुसार यसरी नागरिकतामा नाम, ठेगाना, उमेर आदि जानाजान घटबढ गर्नु सरकारी कागजात किर्ते कसुर गरेको ठहर्छ । अध्यक्ष पोखरेलको नागरिकता बिबाद भ्रम हो वा बास्तबिक रुपमै किर्ते हो छानबिन हुन आवश्यक भएको जेसिजका सदस्य बताउँछन् । एक बर्ष मात्रै पदावधि हुने अध्यक्ष पदको निर्बाचन हरेक बर्षको अन्तिम महिना डिसेम्बर महिनामा हुने गर्दछ । पोखरेले यसै डिसेम्बरको निर्बाचनबाट नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष बनेका हुन । अध्यक्ष पोखरेलले आफनो नागरिकतामा कुनै बिबाद नभएको तर बिरोधीले कपोलकल्पित प्रोपोगण्डा गर्न खोजेको आरोप लगाए । भने, ‘यो सबै चुनावको रियाक्सन हो,अरु केही हैन, म गलत छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी नदीमा जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
-
दरौँदी नदीमा मलामी बेपत्ता
-
विश्वकपबाट कसले कमायो, कसले गुमायो ?
-
शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने : सतर्कता अपनाउन आग्रह
-
क्लासिक टेकको १७औँ वार्षिकोत्सव
-
म्याडोना, शकिरा र बीटीएसको प्रस्तुतिले विश्वकप फाइनलको हाफटाइम २५ मिनेट लम्बिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण