शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आगलागीबाट एकसय बढी घरगोठ जले

सोमबार, २९ चैत २०७२, २० : ०७
सोमबार, २९ चैत २०७२

दाङ - दाङको देउखुरी गङ्गापरस्पुर–८ र खजरौटा गाउँमा आज साँझ भीषण आगलागी भएको छ । स्थानीय प्रभु चौधरीको घरमा दिउँसो टेलिभिजन हेर्ने क्रममा विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट एकसय भन्दाबढी घरगोठ जलेर नष्ट भइसकेका छन् । अहिले पनि आगो लागिरहेको र नियन्त्रणबाहिर रहेको स्थानीय दशरथ घिमिरेले जानकारी दिनुभयो । आगो नियन्त्रणका लागि सो स्थानमा लमही नगर विकास समिति र घोराही नगरपालिकाको दमकल गएको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले जानकारी दिनुभयो । हावाहुरी चलेका कारण आगो नियन्त्रणमा समस्या आएको स्थानीयले बताएका छन् । आगोले व्यापक क्षति पु¥याएको खर प्राप्त भएपछि नेपाली सेना र शसस्त्र प्रहरी गरी ४२ जनाको टोली त्यसतर्फ पठाइएको र अहिलेसम्म कतिको क्षति भयो भन्ने विवरण आइनसकेको काफ्लेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप