बाल्यकालमा आफूमाथि यौन दुर्व्यवहार भएको सोहेल खानको खुलासा
सारांश
- अभिनेता सोहेल खानले आफू बाल्यकालमा यौन दुर्व्यवहारको सिकार भएको र उक्त कुरा वर्षौंसम्म मनभित्रै दबाएर राखेको खुलासा गरेका छन् ।
- उनले यो दुःखद अनुभव रियालिटी शो ‘अलायन्स’ मा सुनाएका हुन्, जहाँ उनले आफ्ना बुबा सलिम खानलाई पनि यस विषयमा जानकारी दिएका थिए ।
- सोही एपिसोडमा सोहेल खान परिवारको कुरा गर्दै भावुक बनेका थिए र आफ्नी पूर्वश्रीमती सीमासँगको सम्बन्धबारे पनि बोलेका छन् ।
मुम्बई । बलिउड अभिनेता सलमान खानका भाइ तथा अभिनेता सोहेल खानले बाल्यकालमा आफू यौन दुर्व्यवहारको सिकार भएको खुलासा गरेका छन् ।
यो घटनापछि आफूले वर्षौँसम्म यस विषयमा कसैसँग पनि कुरा नगरेको उनले बताएका हुन् ।
रियालिटी शो ‘अलायन्स’ मा उनले यो दुःखद अनुभव सुनाएका हुन् । शोमा सोहेलको टोली यस हप्ता लिडरबोर्डको शीर्ष स्थानमा रहन सफल भएको थियो । जितको उत्सव र रमाइलो वातावरणका बिच उनले अन्य सहभागीहरू अर्सलान गोनी, रुही दोसानी र अली गोनीसँगको कुराकानीमा आफ्नो बाल्यकालको अनुभव सेयर गरेका हुन् ।
दुर्व्यवहारविरुद्ध कुरा गर्ने क्रममा सोहेलले आफ्नो विगत सम्झिए । उनले भने, ‘म सानो हुँदा कसैले मलाई यौन दुर्व्यवहार गरेको थियो र मैले यसलाई वर्षौँसम्म आफ्नो मनभित्रै दबाएर राखेँ ।’
उमेर बढ्दै गएपछि मात्र उनले यस विषयमा आफ्ना बुबा सलिम खानलाई जानकारी दिएका थिए । सोहेलका अनुसार उनको कुरा सुनेपछि बुबाले त्यति धेरै वर्षसम्म यो कुरा किन लुकाएर राखेको भनी प्रश्न गरेका थिए ।
आफ्नो कुनै गल्ती नभए पनि तत्कालीन समयमा यो घटना अरूलाई भन्न असजिलो र लाज महसुस भएकाले आफू मौन बसेको सोहेलले स्पष्ट पारेका छन् ।
- परिवार सम्झेर भावुक, पूर्वश्रीमती सीमासँग शोमै भेट
सोही एपिसोडमा सोहेल खान आफ्नो परिवारको कुरा गर्दै निकै भावुक बनेका थिए । उनले आफूले परिवारलाई निकै मिस गरिरहेको बताए ।
शोका होस्ट कुणाल खेमुसँग कुरा गर्दै सोहेलले आफूले यसअघि धेरै रियालिटी शोहरू होस्ट र जज गरेको भए पनि प्रतिस्पर्धीका रूपमा भाग लिँदा पर्ने मानसिक र भावनात्मक दबाब पहिलो पटक महसुस गरेको सुनाए । ५५ वर्षको जीवनमा नसिकेको पाठ आफूले यस शोमा सहभागी भएर सिकेको उनको भनाइ छ ।
यस शोमा सोहेल खानका साथमा उनकी पूर्वश्रीमती सीमा सजदेह पनि छिन् । सीमाले शोमा वाइल्डकार्ड प्रतिस्पर्धीका रूपमा प्रवेश गरेकी हुन् । शोमा सीमाको प्रवेशपछि दुवैबिच राम्रो सम्बन्ध देखिएको छ ।
सीमालाई स्वागत गर्ने क्रममा सोहेलले भनेका थिए, ‘मैले २५ वर्ष यी सुन्दर महिलासँग बिताएको छु र यदि हाम्रो सम्बन्धमा कुनै गल्ती भएको थियो भने त्यसको जिम्मेवारी म लिन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी नदीमा जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
-
दरौँदी नदीमा मलामी बेपत्ता
-
विश्वकपबाट कसले कमायो, कसले गुमायो ?
-
शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने : सतर्कता अपनाउन आग्रह
-
क्लासिक टेकको १७औँ वार्षिकोत्सव
-
म्याडोना, शकिरा र बीटीएसको प्रस्तुतिले विश्वकप फाइनलको हाफटाइम २५ मिनेट लम्बिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण