खैरेनीघाटमा मोटर गुड्ने अस्थाई पुल, कहिले बन्छ स्थायी ?
सोमबार, २९ चैत २०७२, २१ : २७
रामेछाप–रामेछाप र सिन्धुलीको सीमानामा पर्ने खैरेनीघाटस्थित सुनकोसी नदीमा मोटर गुड्ने अस्थायी पुल (कल्भर्ट) निर्माण गरिएको छ । बर्षौं देखी स्थायी पुलको सपना पालेर बसेका रामेछापको खनियापानी, राकाथुम, बेथान, दोरम्बा, भिरपानी गुन्सी लगायतका बासिन्दाले अस्थाई पुलको निर्माणसँगै केही राहतको महशुस गरेका छन् । सोमबार रामेछाप दुई नम्बर निर्वाचन क्षेत्रका सांसद श्याम कुमार श्रेष्ठले नवनिर्मीत पुलको उद्घाटन गरे ।
अस्थायी पुल उद्घाटन गर्दै सांसद श्रेष्ठले निर्माण कार्य सुरु गर्दा सम्पन्न हुनेमा शंका लागेको स्मरण गर्दै निर्माण सम्पन्न हुँदा आपूmलाई गर्व लागेको बताए । ‘इच्छाशक्ति भमा जस्तो काम पनी गर्न सकिन्छ भन्ने कुराको कुराको नमूना हामीले प्रस्तुत गरेका छौं’ सांसद श्रेष्ठले भने, ‘यो पुल देशकै नमुना हो, अगामी वर्षको जिल्ला परिषदमा पुल निर्माण समिति र निर्माण कार्यमा सहभागिहरुलाई सम्मान गर्न जिवीसले कन्जुस्याँई गर्नु हुँदैन ।’ अस्थायी पुल उद्घाटन गर्दै श्रेष्ठले स्थायी पुल निर्माणका लागी आफु लागीपर्ने बताए ।
निर्माण कार्य शुरु भएको दुई महिनामा सम्पन्न सो पुल (कल्भर्ट) निर्माणको लागि २९ लाख ३५ हजार ८ हजार ६४ रुपैयाँको लागेको सुनकोसी खैरेनीघाट अस्थायी पुल (कल्भर्ट) निर्माण समितिले जनाएको छ । पुल निर्माणका लागी दश लाख रुपैयाँ सांसद श्रेष्ठले संसद विकास कोषबाट विनियोजन गरेको र अन्य रकम विभिन्न संघसंस्था र स्थानीयको श्रमदाबाट जुटाइएको पुल निर्माण समितीले जनाएको छ । अस्थायी पुलबाट रामेछाप–२ का २० भन्दा गाविसका बासिन्दा लाभान्वित हुनेछन् ।
नेपाली कांग्रेस रामेछापका समानुपातिका सांसद शिव बहादुर खड्काले सो अस्थायी पुल निर्माण कार्य नमूना भएको भन्दै यस कार्यलाई नमूना कार्यको रुपमा प्रस्तुत गर्न संसदमा कुरा उठाउने बताए । ‘सांसद विकास कोषको बजेट दुरुपयोग भएको कुरा उठिहेको बेला खैरेनीको पुल निर्माणमा विनियोजन गरिएको बजेट सदुपयोग भएको छ’ खड्काले भने, ‘सांसद विकास कोषबाट मैले विनियोजन गरेको बजेट पनि पूर्ण रुपमा सदुपयोग हुने कुरामा मलाई शंका छ, तर यो पुल निर्माणमा बजेट पूर्णरुपमा सदुपयोग भएको पाइयो यो रामेछाप जिल्लाको मात्र नभएर देशकै नमूना हो ।’
खैरेनीमा स्थायी पुल बन्ने लामो समयदेखी हल्ला चलेपनी राजनैतिक खिचातानीका कारण अझै बन्ने नबन्ने टुंगो लागेको छैन । अस्थायी पुल बनेपछी स्थायिनले केही राहतको सास फेरेपनी अझै स्थायी पुलको आशमा बसिरहेका छन् । आखिर कहिले बन्छ खैरेनीघाटमा बहुप्रतिक्षीत स्थायी पुल ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लासिक टेकको १७औँ वार्षिकोत्सव
-
म्याडोना, शकिरा र बीटीएसको प्रस्तुतिले विश्वकप फाइनलको हाफटाइम २५ मिनेट लम्बिने
-
लुम्बिनीमा कार्यान्वयनमा आएन मन्त्रालय घटाउने निर्णय
-
‘ओह माई गड २’ को कथा मेरो हो, तर मलाई क्रेडिट दिइएन : परेश रावल
-
मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश
-
विष्णु पौडेलको बयान, ‘भट्ट र श्रीराम टोबाको उद्योगबिचको सम्बन्धमा म संलग्न छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण