चालकले जीप नरोकेपछि हामफालिन् बालिका, घटनास्थलमै मृत्यु
बझाङ – मोरीवगरबाट चैनपुर आउँदै गरेको जीपबाट खस्दा एक बालिकाको मृत्यु भएको छ । मालुमेलाबाट तमेलका लागि जीपमा चढेकी जयपृथ्वी नगरपालिका सुतीया घर भएकी वर्ष १३ की राजुकुमारी गिरीको तमेलमा मृत्यु भएको हो । गाडीको पछाडी बसेकी राजकुमारीले तमेल जीप रोक्नुस् भन्दै कराए पनि जीप चालकले नरोकी तीब्र गतिमा लिएपछि बालिकाले तमेल बजारबाट अलिमाथी उकालोमा जीपबाट हामफालेको स्थानिय लक्ष्मण रोकायाले बताए । चल्दै गरेको जीपबाट हाम फालेकी बालिकाको टाउकोमा गम्भीर चोट लागेपछि घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए । चालक धनबहादुर बोहराले बालिकाको आवाजको बेवास्था गर्दा घटना भएको प्रहरी नायब निरिक्षक लक्ष्मीराज अधिकारीले बताए । उनले भने, ‘गाडीसहित चालकलाई नियन्त्रणमा लिएका छौ र थप अनुसन्धान भइरहेको छ ।’ चौधारी घर भएका डम्मर सार्कीले भरखरै खरिद गरेको महेन्द्रा कम्पनीको बलेरो जीप हो । चालकलाई कारवाही र क्षतिपुर्ति नदिए सम्म लाष नउठाउने भन्दै मृतकका आफन्तहरुले जयपृथ्वी राजमार्ग अवरुद्ध पारेपछि यात्रुहरु तमेल बजारमा अलपत्र परेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण