२०७२ साल : सेयर बजारका लागि ‘सुनौलो वर्ष’
नेपालीहरुका लागि २०७२ साल पीडादायी रह्यो । बर्षको सुरुवातमै गएको बिनासकारी भूकम्प र भारतको अघोषित आर्थिक नाकाबन्दीले देशको आर्थिक अवस्था धरासायी भयो । बर्षको सुरुमै गएको विनाशकारी भूकम्पबाट ठूलो जनधनको क्षति भयो । भौतिक संरचनाहरु ध्बस्त भए । लामो राजनैतीक संकरमणपछि भर्खर–भर्खर तङ्ग्रीन लागेका आर्थिक गतिविधिहरु ठप्प भए । भूकम्पबाट नराम्रोसँग प्रभाबित भएको अर्थतन्त्रमा भारतीय नाकाबन्दीले झनै ठूलो कम्पन पैदा गर्यो । भूकम्प र नाकाबन्दीपछि देशका आर्थिक गतिविधिहरु शिथिल भए । देशले ठूलो आर्थिक क्षतिको सामना गर्नुपर्यो, केही समय देश झण्डै–झण्डै कालोबजारीको चङ्गुलमा पुग्यो । देशका समग्र आर्थिक सूचकहरु नकारात्मक भए । तर अर्थतन्त्रकै ऐनाको रुपमा रहेको सेयर बजारले भने अप्रत्यासीत रुपमा उत्साहजनक मोड लियो । भूकम्प र नाकाबन्दीले जर्जर बनेको देशको अर्थतन्त्रमा सेयर बजारपनि नराम्ररी प्रभाबित हुन्छ भन्ने अनुमान र अड्कलबाजीलाई चुनौती दिँदै सेयर बजारले इतिहासमा बर्ष २०७२ लाई ‘गोल्डेन इयर’ रुपमा दर्ज गर्न सफल भयो । विविध चुनौतिका बाबजुत पनि सेयर बजार आक्रामक रुपमा अगाडी बढ्नाले धेरै लगानीकर्ताहरु आकर्षक नाफा कमाउन सफल भए । बजारले पूराना रेकर्डहरु ब्रेक गर्दै नयाँ–नयाँ रेकर्डहरु बनाउन थाल्यो । यसले बजार पूँजीकरणमा पनि उल्लेख्य बृद्धी गर्यो । बजारमा साना तथा नयाँ लगानीकर्ताहरु प्रबेश गरे । यसले बजारलाई थप टेवा पुरायो । भूकम्प र नाकाबन्दीले उत्पन्न गराएको तरलताको फाइदा सेयर बजारमा देखियो । बजारले यो इतिहास रच्नुमा राष्ट्र बैँकको पूँजी बृद्धी योजनाको भूमिका प्रमुख रह्यो । यद्यपि, धितोपत्र बोर्डले बजार सुधारमा लिएको गतिशीलताले यसलाई थप सहयोग पुरायो ।
नेपाली सेयर बजारमा बर्ष २०७२ मा सम्झन लायक धेरै कुरा रहे । जसलाई निम्न अनुसार लिन सकिन्छ । - यो बर्ष बजारका सरोकारवालाहरुको मनोविज्ञान परिपक्क देखियो । बर्ष २०७२ मा लगानीकर्ता तथा अन्य सरोकारवाला निकायहरु यति परिपक्क देखिए, उनीहरुको आत्मविश्वासले भूकम्प र नाकाबन्दीे पछिको विशिष्ट परिस्थितिमा पनि सेयर बजारमा सुधार आइरह्यो । बिगतका अनुभवमा बजारमा चलाइने सामान्य हल्ला र राजनैतीक दलले गर्ने नेपाल बन्दमा पनि आत्मबिश्वास गुमाउने लगानीकर्ताले अहीलेको जटील परिस्थितिमा पनि उच्च स्तरको परिपक्कता देखाए । देशका आर्थिक सूचकहरु नकारात्मक हुदैमा सेयर बजार पनि ध्वस्त हुन्छ भन्ने मानसिकता लाई वर्ष २०७२ ले चुनौती दियो । सेयर बजारमा बिबेकशील लगानीकर्ताको आगमन भयो । - २०७२ सालमै धितोपत्र बोर्डमा डा. रेवत बहादुर कार्की नियुक्त भएर आएपछि धेरै सुधारका कामहरु थालिए । सबै सूचिकृत कम्पनीको डिम्याट सेयर मात्र कारोबार हुन थाल्यो । यसैगरी बोनस र हकप्रद सेयर पनि सिधै लगानीकर्ताको डिम्याट खातामा जम्मा हुने व्यवस्था भयो । नगद लाभाशं पनि लगानीकर्ताको बैंक खातामा जम्मा गर्दिनुपर्ने नियम आयो । - धितोपत्र बार्डले बर्ष २०७२ मै सार्वजनीक निस्कासनको क्रममा सेयरमा लगानी गर्ने रकम आबेदककै बैंक खातामा बल्क गर्ने र बाँडफाट पश्चात परेको सेयरको पैसा मात्र उक्त बैंक खाताबाट तान्ने नयाँ नियम (एएसबि) ल्यायो । यो व्यवस्थाले गर्दा बिभिन्न बैंकमा रहेको पैसा कुनै एउटा संस्थामा मात्र थुप्रिदैन । त्यसमाथि चेक बुझउन र नपरेको पैसा फिर्ता लिन लाईन बस्नुपर्ने, चेक राफसाफमा हुने चाप जस्ता धेरै समस्याको अन्त्य हुनेछ । यद्यपि यो व्यवस्था भने आगामी साउन १ गतेबाट लागु हुनेछ । - साना लगानीकर्ताको हितलाई ध्यान राख्दै धितोपत्र बोर्डले साधारण सेयरमा आबेदन दिँदा एक व्यक्ति एक चेक को ब्याबस्था लागु गर्यो । जसमा आबेदक स्वयम् कै बैंकको चेक हुनुपर्छ । आबेदक एउटा र चेक अर्को ब्यक्तिको भएमा त्यो रद्द हुने ब्याबस्था गर्यो । यसले एकै ब्यक्तिबाट सयौं ब्यक्तिको नाममा आबेदन पर्ने समस्या केही हदसम्म समाधान भयो । जसको फाइदा साना लगानीकर्तालाई मिल्नेछ । - यो बर्ष साधारण सेयर निस्कासन पनि उत्साहजनक भयो । र धेरै लगानीकर्ताको चाप पनि देखियो । यो सकारात्मक पाटो हो । - बर्ष २०७२ मा धितोपत्र बोर्ड लगानीकर्ताको हितको निम्ती अरु बेलाभन्दा खुलेरै लाग्यो । समयमै सेयरको राफसाफ नगर्ने, सेयर बेचेको पैसा लगानीकर्तालाई समयमै उपलब्ध नगराउने र बजारमा अनावस्यक चलखेल गर्ने ब्रोकरका बिरुद्द धितोपत्र बोर्ड कडा रुपमा प्रस्तुत भयो । केही ब्रोकरहरु त निलम्बनमा समेत पर्नु पर्यो । - बर्ष २०७२ मै लगानीकर्ताको भावनालाई कदर गर्दै पहिलो पटक सबैलाई मार्केट डेफ्ट हेर्न पाउने व्यवस्था गरियो । - २०७२ सालमै पहिलो पटक विकास बैंक सूचकले वाणिज्य बैंक सूचकलाई पछाडी पार्यो । यसले विकास बैंकको पनि दरिलो उपस्थीतीलाई पुष्टी गर्छ । - २०७२ सालमा नेप्सेले ब्रोकरहरुको क्षमता बृद्धीका लागी केही पहल गर्यो ।सुरुमा ब्रोकरहरुलाई मुम्बई स्टक एक्सचेञ्ज मा भिजिट गराएको नेप्सेले पछी बंगलादेश पनि भिजीट गरायो । - बर्ष ०७२ मै धितोपत्र बोर्डले पब्लीक कम्पनीहरुलाई ओभर दी काउन्टर ( आ.टी.सी) बजारमा मा सूचिकृत हुनुपर्ने ब्याबस्था गरेको छ भने । कम्पनी रजिस्टारले पनि प्राईभेट कम्पनीको सेयर कारोबार ओ.टी.सी बजारबाटै गर्नुपर्ने निर्देशन दिएको छ । यससँगै मारुती सिमेन्ट प्रालिको कारोबार ओ.टी.सी बजारबाटै भएको छ । - बर्ष २०७२ मै धितोपत्र बोर्डले सेयर ब्रोकरलाई मार्जिन ल्याण्डीङ र डिलरसीप दिने योजनालाई अगाडी बढायो । - नागरीक लगानी कोषलाई मार्केट मेकरको रुपमा भित्र्याउने मुर्त निर्णय पनि यसै बर्ष भयो । यसले सेयर बजारमा ठूलो अर्थ राख्नेछ । - यसैबर्ष ब्रोकरहरुले शाखा खोल्नुपर्ने कुरालाई योजनामा पारीयो । अत केही सामान्य कुराहरुबाहेक समग्र रुपमा हेर्दा २०७२ नेपाली सेयर बजारको लागि उत्तम मान्न सकिन्छ । अहिले पनि बजार सुधारका प्रकृयाहरु जारी नै छन् । अब बजार सुधारको लागि लिइएका योजनालाई कार्यान्वयनमा लैजानु नेप्से र धितोपत्र बोर्डको दायित्व हो । यसमा लगानीकर्ताले पनि थप परिपक्कता देखाउनु जरुरी छ । आशा गरौँ नयाँ बर्ष २०७३ पनि सेयर बजारको निम्ति सुखद बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी नदीमा जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
-
दरौँदी नदीमा मलामी बेपत्ता
-
विश्वकपबाट कसले कमायो, कसले गुमायो ?
-
शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने : सतर्कता अपनाउन आग्रह
-
क्लासिक टेकको १७औँ वार्षिकोत्सव
-
म्याडोना, शकिरा र बीटीएसको प्रस्तुतिले विश्वकप फाइनलको हाफटाइम २५ मिनेट लम्बिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण