नयाँ वर्षमा पूर्व राजाको सन्देश : देशभक्तहरुलाई समेटेर अगाडि बढ्नु आवश्यक भैसकेको छ
काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७३ को अवसरमा शुभकामना सन्देश दिँदै सबै देशभक्त शक्ति एकताबद्ध बनेर अघि बढ्न आवश्यक रहेको बताएका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै देश कमजोर अवस्थामा पुगिसकेको बताउँदै उनले सबै देशभक्त शक्तिहरु एक भएर बढ्न आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘स्वदेशको माटोमा दह्रोसंग खूटृा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधिन प्रमुख रहोस् भन्ने भावनावाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडि बढ्नु आवश्यक भैसकेको छ ।’ पूर्व राजाले देशको स्थिति बिग्रिएको र राष्ट्रिय मान्यिताहरुमा प्रहार भइरहेको प्रति चिन्ता पनि व्यक्ति गरेका छन् । उनले राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दुरुपयोग भइरहेको आरोप समेत लगाएका छन् । ‘हामी को थियौं, कहां थियौं, अहिले कुन स्थितिमा छांै, देश कता जाँदैछ, समाजको मनोदशा के छ, हाम्रो साझा र सही मार्ग चित्र के हुनुपर्दछ, कसको के कस्तो त्याग र योगदान छ, कसको के कस्तो महत्व र मान्यता छ अनि क–कसको कस्तो अर्गेल्याइंछ भन्ने विषयलाई वर्तमान अवस्थामा सवैले बुझिसकेका छन् । राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दूरुपयोग गर्ने शासकीय शैलीले नेपाल कमजोर भैसकेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिको पूर्ण पाठ
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट नव वर्ष २०७३ को उपलक्ष्यमा बक्सेको शूभकामना ।
नेपाली दिदीबहीनी तथा दाजूभाइहरु, द्दण्ठद्द लाई विदाई गरेर हामी विक्रम सम्वत् २०७३ मा आईपूगेका छौ । नववर्षको शूभागमनको उपलक्ष्यमा म देश विदेशमा रहेवसेका समस्त नेपालीहरुमा सूख, शान्ति, समुन्नतिको लागि कामना गर्दछु । विक्रम सम्वत्ले मिती, तिथी र नेपाली संस्कृतिलाई जाडेको हुन्छ । हाम्रा राष्ट्रिय मान्यताहरु (धर्म, संस्कृति, भाषा, इतिहास र सभ्यता) विपरित प्रहार भइरहेको वर्तमान अवस्थामा हाम्रा पूर्खाले सुम्पिएको धरोहरहरु आफ्ना सन्ततीलाई कसरी हस्तान्तरण गर्न सक्छौ भन्ने प्रश्न अहिले अझ पेचिलो बन्दै छ । त्यसका लागि दक्षिण एसियाको भुराजनीतिक सम्वेदनशिलता र शक्ति सन्तुलनको हेक्का राख्न जरुरी छ । हामी को थियौं, कहां थियौं, अहिले कुन स्थितिमा छांै, देश कता जाँदैछ, समाजको मनोदशा के छ, हाम्रो साझा र सहि मार्ग चित्र के हुनुपर्दछ, कसको के कस्तो त्याग र योगदान छ, कसको के कस्तो महत्व र मान्यता छ अनि क–कसको कस्तो अर्गेल्याइँछ भन्ने विषयलाई वर्तमान अवस्थामा सवैले बुझिसकेका छन् । राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दूरुपयोग गर्ने शासकीय शैलीले नेपाल कमजोर भैसकेको छ । राष्ट्रसम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णाबीचको फाटो नोक्सानदायी भैसकेको छ । त्यसैले स्वदेशको माटोमा दह्रोसंग खूटृा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधिन प्रमुख रहोस् भन्ने भावनावाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडि बढ्नु आवश्यक भैसकेको छ । आफ्नो भाषा, इतिहास र धर्म संस्कृतीहरु देशका आधार हुन् भन्ने विषयलाई मनन् गर्दैै स्वदेश हेरेर मात्र विदेश हेरौं, स्वदेश चिनेर मात्र विदेश चिनौं, स्वदेश मानेर मात्र विदेश मानौं र स्वधर्म बूझेर मात्र परधर्म बुझौं यहि मेरो शुभकामना । श्री पशुपतीनाथले हामी सबैको कल्याण गरुन । जय नेपाल ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना
-
बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो तर घटेन मन्त्रीको सङ्ख्या
-
विद्युतीय पोल नसार्दा काकडभिट्टा–लौकही सडक विस्तार प्रभावित
-
बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा के हुन्छ ?
-
सरकारी गाडीमा रातो प्लेट : सुरक्षा ‘थ्रेट’ कि दुरुपयोग मोह ?
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा ६ जना उम्मेदवार सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण