नुवाकोटमा राष्ट्रिय कविता महोत्सव, प्रथमलाई २५ हजार
नुवाकोट-नुवाकोटस्थित नुवाकोट साहित्य प्रतिष्ठानले देशव्यापी कविता महोत्सवको तयारी गरेको छ । आगामी बैसाख ३ गते नुवाकोटको बटारमा महोत्सव आयोजना गरिने भएको हो ।
महोत्सवमा देशभरबाट प्रतियोगीको रुपमा छानिएका उत्कृष्ट २० कविता बाचन हुने बताइएको छ ।
कविता महोत्सवका लागि देशभरबाट १ हजार भन्दा बढी कविताहरु दर्ता भए पनि अन्तिम प्रतिस्पर्धाका लागि विभिन्न जिल्लाका २० कविका कविता छनौट गरेको आयोजक प्रतिष्ठानका अध्यक्ष श्रीराम श्रेष्ठले जानकारी दिए ।
उनले प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको बताएका छन् । बैसाख ३ गते तेक्वाण्डो कभर्ड हलमा आयोजना हुने कविता महोत्सव प्रतियोगीतामा कविहरु डा. खगेन्द्र लुइटेल, डा. गार्गी शर्मा, सरुभक्त, श्रवण मुकारुङ लगायत कविहरु निर्णायकको रुपमा रहनेछन् ।
देशका विभिन्न जिल्लाबाट आवेदन आएका कवितामध्ये नुवाकोट जिल्लाबाट भने कवि शिव प्रसाद नेपालको कविता मात्रै छनोटमा परेको छ ।
प्रतियोगितामा प्रथम, दृत्तिय र तृत्तिय हुने कविलाई क्रमशः २५ हजार, १० हजार र ५ हजार धनराशीको पुरस्कारको व्यवस्था गरिएको छ । नेपालमा कविता प्रतियोगितामा प्रथम हुनेका लागि घोषणा भएको यो धनराशी प्रज्ञा प्रतिष्ठानले प्रदान गर्ने भन्दा धेरै हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण