फेल्ट उद्योग संघमा पुनः नरेशलाल
काठमाडौं–नेपाल फेल्ट उद्योग संघको ७ औं वार्षिक साधारण सभाले नरेशलाल श्रेष्ठको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा अमृत खडका, कोषाध्यक्ष महेश्वर श्रेष्ठ, सचिव अमोध धारम्वा र कार्यसमिति सदस्यहरुमा विमला रिजाल, शान्ति श्रेष्ठ, राधेस श्रेष्ठ, चन्द्रमणी देवकोटा, सुनिता श्रेष्ठ, र निवर्तमान अध्यक्ष शारदा रिजाल रहेको नेपाल फेल्ट उद्योग संघले जनाएको छ ।
बार्षिक साधारण सभाको समुद्घाटन उद्योग मन्त्री सोम प्रसाद पाण्डेले गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले फेल्ड उद्योगको विकास र विस्तारमा राज्यको भुमिका न्युन रहेपनि यो क्षेत्रले गरेको निकासी मुलुककै लागि सर्वश्रेष्ठ रहेको बताए । उनले उद्योगभित्र देखिएका समस्या र चुनौतिलाई आपसि छलफल र समजदारीबाट हल गर्दै जाने बताए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले राज्य उद्योग क्षेत्रको विकास र विस्तारमा भन्दा पनि कालोबजारी र अनेक बहानामा दुःख दिने थुनछेक गर्ने र व्यापार व्यवसायबाट पलायन गराउने दिशातिर उद्धृत रहेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी नदीमा जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
-
दरौँदी नदीमा मलामी बेपत्ता
-
विश्वकपबाट कसले कमायो, कसले गुमायो ?
-
शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने : सतर्कता अपनाउन आग्रह
-
क्लासिक टेकको १७औँ वार्षिकोत्सव
-
म्याडोना, शकिरा र बीटीएसको प्रस्तुतिले विश्वकप फाइनलको हाफटाइम २५ मिनेट लम्बिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण