शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एक्जियटा समुहमा आवद्घ भएको अवसरमा एनसेल एक्जियटा रोमिङ् योजना

मङ्गलबार, ३० चैत २०७२, १८ : ५०
मङ्गलबार, ३० चैत २०७२

काठमाडौंं - देशको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलले आफु मलेसियन टेलिकम कम्पनी एक्जियटा समुहमा आवद्घ भएको अवसरमा, पहिलो सौगात स्वरुप मलेसिया, श्रीलंका, बाङ्लादेश र क्याम्बोडियाकालागि रोमिङ् योजना ल्याएको छ । एक्जियटा समुहको नेटवर्क भित्रपर्ने यी देशहरुको भ्रमणमा जाने एनसेलका ग्राहकहरुले रोमिङ् सेवामा आकर्षक छुट पाउनेछन् । यो योजना अन्र्तगत, एनसेलका प्रिपेड र पोष्टपेड ग्राहकले अब कर सहित जम्मा रु १५ प्रति मिनेटमा नेपालमा कल गर्न सक्नेछन् । यसका लागि भ्रमणका बेलामा सेलकम (मलेसिया), डायलग (श्रीलंका), रोबि (बाङ्लादेश) र स्मार्ट (क्याम्बोडिया) को नेटवर्कमा कनेक्ट हुनुपर्ने हुन्छ । चार देशका यी कम्पनीहरुमा एक्जियटाको लगानी रहेको छ । यो रोमिङ् योजना अन्र्तगत, यी चार देशको भ्रमणमा रहेका बेलामा ग्राहकले रु १५ प्रति मिनेटमा नेपालमा कल गर्न वा आगमन कल उठाउन सक्छन् । त्यसै गरी प्रति एसएमएस रु १५ पर्ने छ भने रोमिङ्का बेलामा इन्टरनेट रु १५ प्रति एमबि शुल्कमा चलाउन सक्नेछन् । आगमन एसएमएस भने निःशुल्क हुनेछ । यो योजना अन्र्तगत रोमिङ्को बेलामा कल गर्दा पाइने छुट नेपालमा कल गर्दा र एक्जियटा समुह भित्रका यो योजनामा उल्लेखित देशहरुमा फोन गर्दा लागु हुनेछ । हालको विद्यमान शुल्क अनुसार, बाङ्लादेशबाट नेपालमा कल गर्दा सेवा प्रदायक कम्पनी अनुसार प्रति मिनेट रु ४९ देखि रु ५४९ पर्छ । त्यस्तै गरी क्याम्बोडियाबाट रु ३४९ प्रति मिनेट, मलेसियाबाट रु ५९९ र श्रीलंकाबाट रु ४९ देखि रु १४९ पर्छ । एसएमएसको हकमा देश हेरेर रु २० देखि रु ६० प्रति एसएमएस शुल्क लाग्ने गरेको छ । यो योजना नयाँ वर्ष २०७३ को वैशाख १ गतेबाट लागु हनेछ र अर्को सुचना नआए सम्मका संचालनमा रहने छ । यो रोमिङ् योजनामा सहभागि हुनका लागि एनसेलका प्रिपेड ग्राहकले ९००२२८ मा अंग्रेजीमा ‘ए’ टाइप गरी एसएमएस पठाउनु पर्ने हुन्छ । त्यसै गरी पोष्टपेड ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई आफ्नो नम्बरमा यो योजना सामेल गराउनु पर्नेहुन्छ । “एनसेल एक्जियटा रोम अफर, नव वर्ष २०७३ र एनसेल एक्जियटा समुहमा आवद्घ भएको उपलक्ष्यमा ग्राहकहरुका लागि ल्याइएको एक उपहार हो । एसियाको अग्रणी टेलिकम समुह एक्जियटा भित्र रही एनसेलले भविष्यमा पनि आफ्ना ग्राहकहरुलाई सुलभ र सहज संचार सेवाहरु दिईरहने छ ।” एनसेलका ईन्टरप्राइज निर्देशक प्रणय आचार्यले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप