शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अस्ट्रेलियाको लेबर पार्टीले दियो नेपाली नयाँ वर्षको शुभकामना

बुधबार, ०१ वैशाख २०७३, १० : ३४
बुधबार, ०१ वैशाख २०७३
  सिड्नी -अष्ट्रेलियाको लेबर पार्टीले अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुलाई नयाँ वर्ष २०७३ को अवसरमा शुभकामना सन्देश दिएका छन । अस्ट्रेलियाको केन्द्रीय सरकारको प्रमुख विपक्षी दलका नेता तथा लेबर पार्टीका अध्यक्ष विल सर्टन र नागरिक तथा बहुसाँस्कृतिक छायाँ मन्त्री मिसेल रोल्याण्डले संयुक्त रुपमा नेपाली समुदायलाई नयाँ वर्षको शुभकामना दिएका हुन् । लेबरपार्टीसँग निकट सम्बन्ध रहेका भरत नेपाल मार्फत उनीहरुले नेपाली समुदायलाई शुभकामना पठाएका हुन् । शुभकामना दिदैं लेवर पार्टीले अस्ट्रेलियाको साना ठूला व्यवसायीक क्षेत्र, विज्ञान तथा इन्जिनियरिङ तथा खाना तथा म्युजिकका क्षेत्रमा पुर्याएको योगदान निकै सह्रानीय छ’ अस्ट्रेलियाको समुन्नतिमा नेपाली समुदायले पुर्याएको योगदानको प्रशंसा गरेको छ । ‘अस्ट्रेलियाको विकासमा नेपालीहरुको अवस्था निकै राम्रो छ भन्ने सन्देशमा उल्लेख छ । नेपाली समुदायका विद्यार्थीहरु समुदायको नेतृत्व लिने अर्को पुस्ता भएको लेबर पार्टीले शुभकामना सन्देशमा उल्लेख गरेको छ । अष्ट्रेलियामा बस्दै आइरहेका अरु समुदायहरुले पनि नेपालीहरुले पुर्याएको योगदानको महसुस गरेको लेबर पार्टीले बताएको छ ।अस्ट्रेलियामा नेपाली समुदायको वृद्धिदर उच्च छ । ‘नेपाली समुदायले अस्ट्रेलियन समाजलाई जुन ढंगबाट परिस्कृत गर्दै एउटा आकार दिएका छन् र त्यसमा हामी रमाउन पाएका छौ । त्यो योगदानको सम्मान गरेका छौं’ शुभकामना सन्देशमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप