खोटाङ बस दुर्घटनाका सबै मृतकको सनाखत
बुधबार, ०१ वैशाख २०७३, १४ : २४
खोटाङ– मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडकखण्डको बर्खेटारमा मङ्गलबार भएको बस दुर्घटनाका सबै मृतकको सनाखत भएको छ ।
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने महादेवस्थान–१ स्थित बर्खेटारको भिरमा भएको दुर्घटनामा ज्यान गुमाएकामध्ये अधिकांश खोटाङका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा खोटाङका १५, उदयपुरका सात, सोलुखुम्बुका दुई र बाराका एक जनाले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउनेमा खोटाङ डिकुवा–६ का ३८ वर्षीय मेजर राई, खार्मी–५ की ५० वर्षीया मित्रकुमारी राई, च्यास्मिटार–३ का १८ वर्षीय रवीन राई र ४८ वर्षीय खम्बशेर राई, च्यास्मिटार–८ का २४ वर्षीय सुरेन्द्र राई, बाकाचोल–४ की २२ वर्षीया ममिता राई, राखाबाङ्देल–४ की २४ वर्षीया सुष्मा राई, दिक्तेल नगरपालिका–१४ का १८ वर्षीय सन्तोष कटवाल, बाक्सिला–७ का २६ वर्षीय प्रदीप राई, दिप्सुङ–९ का ४७ वर्षीय गोविन्द तिम्सिना, खार्ताम्छा–८ का २३ वर्षीय सइकुमार राई, राखावाङ्देल–९ की ३२ वर्षीया लक्ष्मी राई, याम्खा–७ का ६० वर्षीय भैरव राई र निर्मलीडाँडा–३ की ३५ वर्षीया विमला राईको सनाखत भएको छ ।
यस्तै हाल खोटाङ बाकाचोल–४ बस्ने सोलुखुम्बु सोताङ घर भएकी २८ वर्षीया दिलकुमारी राई, उदयपुर थानागाउँ–१ का ५१ वर्षीय नीरबहादुर कार्की, थानागाउँ–२ का २५ वर्षीय मनोज सुनुवार, र ३५ वर्षीय होमबहादुर सुनुवार, बाँसबोटे–३ का १८ वर्षीय युवराज राई, रुपाटार–३ का १८ वर्षीय भाजुनारायण श्रेष्ठ, ताम्लिछा–५ की ३० वर्षीया शान्ताकुमारी राई र उनका दुई वर्षीय छोरा ओमश्री, सोलु पञ्चन–१ का २२ वर्षीय सोम सुन्दास र बस चालक बारा निजगढका ३८ वर्षीय अर्जुन उप्रेती छन् ।
तिनको शव जिल्ला अस्पतालमा परीक्षण गरेर आफन्तलाई जिम्मा लगाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए । शव गाउँसम्म पु¥याउनका लागि यातायात व्यवसायी सङ्घ खोटाङले ट्याक्टरको व्यवस्था गरिदिएको छ ।
दिक्तेलबाट बिहान ५ बजे काठमाडौं हिँडेको बा२ख ६३७६ नंको बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर प्रकृतिका २३ जनालाई तत्कालै नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ ।
अन्य आठ जनाको जिल्लास्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको आफन्तले बताएका छन् । उनीहरुको अवस्था सामान्य बन्दै गएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी नदीमा जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
-
दरौँदी नदीमा मलामी बेपत्ता
-
विश्वकपबाट कसले कमायो, कसले गुमायो ?
-
शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने : सतर्कता अपनाउन आग्रह
-
क्लासिक टेकको १७औँ वार्षिकोत्सव
-
म्याडोना, शकिरा र बीटीएसको प्रस्तुतिले विश्वकप फाइनलको हाफटाइम २५ मिनेट लम्बिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण