शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ठूला तीन दलका नेताहरु बेइमान : अशोक राई

बुधबार, ०१ वैशाख २०७३, १४ : १०
बुधबार, ०१ वैशाख २०७३

उदयपुर– सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका नेताहरु बेइमान भएको आरोप लगाएका छन् ।

फोरमको किराँत प्रदेशद्वारा मङ्गलबार सदरमुकाम गाईघाटमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता राईले भने, “हिजो मधेस आन्दोलन र जनजाति आन्दोलनको उत्कर्षमा रहेका बेला ठूला दलका नेताले आन्दोलनकारीको माग पूरा गरिदिने भन्दै सम्झौता गरे तर संविधान बनाउँदा धोका दिएर आफ्नो अनुकूलको संविधान बनाए ।”

मधेसी र जनजातिले उठाएका माग पूरा नभएसम्म आफूहरुको आन्दोलन कुनै पनि हालतमा नरोकिने दाबीसमेत उनले गरे । वैशाख ७ गतेदेखि राजधानी काठमाडौंबाटै आन्दोलन सुरु गरिने उनको भनाइ थियो ।

फोरम अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार कम्युनिस्टको सरकार भनिए पनि यो सरकार भ्रष्टाचारी, कालोबजारिया र विदेशी माफियाबाट चलेको दाबी गरे ।

सरकार वार्ताको नाटक गरेर भाग्दै हिँडेका कारण आफूहरु फेरि आन्दोलन गर्न बाध्य हुन परेको समेत यादवले बताए ।

फोरमका उपाध्यक्षहरु हेमराज राई तथा उपाध्यक्ष युवराज कार्की र परशुराम बस्नेतले पनि जनसभालाई सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप