तातो हावाले तराइको जनजीवन कष्टकर
धनुषा– मध्य तथा पूर्वी तराईमा विगत डेढ सातादेखि चलेको तातो हावाले जनजीवन कष्टकर बनेको छ ।
तातो हावा, हुरी र धुलोसँगसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम बढेको छ । तातो हावाहुरीकै कारण मौसमी फल आँप र तरकारी खेती प्रभावित भएको छ । कामदारको दैनिकी कष्टकर बनेको छ । तातो हावाहुरीले धनुषालगायत आसपासका जिल्लामा गर्मी बढ्नाका साथै जनजीवन प्रभावित भएको छ ।
लूकै कारण दिउँसो बाहिर हिँड्डुल गर्न गाह्रो भएको छ । एक्कासि मौसम परिवर्तन भई तापक्रम बढ्दा बालबालिका बिरामी हुन थालेका छन् । हावाहुरीले उडाएको धुलाका कारण आँखा दुख्ने समस्या बढेको छ । बजार सुनसान देखिने गरेको छ ।
लगातारको तातो हावाले लहरे तरकारी लौका, काँक्रो र करेला सुक्ने थालेको जिल्ला कृषि विकास कार्यालय धनुषाले जनाएको छ । पश्चिमबाट आउने तातो हावाले जमिन सुक्खा भएर लहरे तरकारी उत्पादनमा ह्रास आएको छ । हावाहुरीकै कारण आँप, लिच्ची र कटहरमा समेत असर परेको जेटिए अरुण कुशवाहाले बताए ।
कुशवाहाका अनुसार पश्चिमबाट चल्ने हावाले आँप र लिच्चीको चिचिलारदाना झारिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी नदीमा जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
-
दरौँदी नदीमा मलामी बेपत्ता
-
विश्वकपबाट कसले कमायो, कसले गुमायो ?
-
शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने : सतर्कता अपनाउन आग्रह
-
क्लासिक टेकको १७औँ वार्षिकोत्सव
-
म्याडोना, शकिरा र बीटीएसको प्रस्तुतिले विश्वकप फाइनलको हाफटाइम २५ मिनेट लम्बिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण