शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ठगी आरोपमा इलामका कृषक समूहका तीनजना पक्राउ,अध्यक्षसहित सात फरार

मङ्गलबार, ०७ वैशाख २०७३, २० : २२
मङ्गलबार, ०७ वैशाख २०७३

इलाम - बचत सङ्कलन गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–९ मा रहेको हातेमालो कृषक समूहका तीन जनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा समूहका उपाध्यक्ष राजु खाम्दाक, कोषाध्यक्ष नेत्रकला पौड्याल र सदस्य चन्द्रकला खतिवडा छन् । सर्वसाधारणलाई समूहको सदस्य बनाई उनीहरूबाट मासिक बचत सङ्कलन गरी रु ६० लाखभन्दा बढी रकम हिनामिना गरेको उनीहरूमाथि आरोप छ ।

पक्राउ परेकाविरूद्ध ठगी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रूद्र चुडालले जानकारी दिए । प्रहरीका अनुसार समूहका अध्यक्ष सञ्जीव राईसहित सात जना फरार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप