शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

डेढ वर्षपछि अतिरिक्त प्रहरी महानिरीक्षकको दज्र्यानी

मङ्गलबार, ०७ वैशाख २०७३, २० : ४३
मङ्गलबार, ०७ वैशाख २०७३

काठमाडौँ,  । मन्त्रिपरिषद्को गत चैत २६ गतेको निर्णयअनुसार पदोन्नति भएका चारजना अतिरिक्त प्रहरी महानिरीक्षकलाई आज प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

यादव अधिकारी, पर्शुराम खत्री, विश्वराज सिंह शाही र सुशीलबरसिंह थापाले अतिरिक्त महानिरीक्षकको दज्यानी चिह्न लगाएका हुन् ।

तत्कालीन समयमा १३ जना प्रहरी नायब महानिरीक्षकमध्ये सातजना बढुवा हुनुपर्नेमा वरिष्ठतामा १३आँैं नम्बरमा रहेकालाई बढुवा गरिएपछि अन्य छजना प्रहरी नायब महानिरीक्षकले सर्वोच्चमा उजुरी दिएका थिए ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र ओमप्रकाश मिश्रको संयुक्त इजलासले २०७१ साल साउन ८ गते फैसला गर्दै पद भए सोही पदमा र नभए विशेष दरबन्दी सिर्जना गरी प्रहरी नायब महानिरीक्षकलाई बढुवा गरी पदस्थापन गर्ने फैसला गरको थियो । फैसला गरेको डेढ वर्षपछि गत चैत २६ गते मन्त्रिपरिषद् बैठकले चारजनालाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

वरिष्ठतामा ७, ८, ९, १०, १२ नम्बरमा रहेकालाई बढुवा नगरिए पनि उनीहरुभन्दा कनिष्ठ रहेका ११आँैं नम्बरमा रहेका रामशेखर बज्राचार्य र १३ नम्बरका केदार साउदलाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो । यसमध्ये नारायण बस्ताकोटी र गणेशराज राईलाई पछि बढुवा गरिए पनि अन्य चारजनाको भने बढुवा हुनसकेको थिएन ।

आज दज्यानी चिह्न प्रदान गर्दै कार्यक्रममा महानिरीक्षक अर्यालले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई शुभकामना तथा बधाई ज्ञापन गर्दै सङ्गठनको गरिमा उच्च राख्न रचनात्मक काम गर्न आग्रह गरे । बढुवा हुनुभएका अतिरिक्त महानिरीक्षक यादव अधिकारीले कानुनी मुद्दा कानुनी रुपमा समाधान भएको चर्चा गर्दै राष्ट्र, सङ्गठन र नागरिकको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप