ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिहीबार, ०४ माघ २०७४, ०९ : २६
कपिलवस्तु - ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार साझ एक युवकको मृत्यु भएको छ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत शिवराज नगरपालिका–१ शिवपुरमा पश्चिमबाट पूर्व आउँदै गरेको लु २ त ५७१३ नंको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको लु ५ प ८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
घटनामा सोही नगरपालिका शिवपुर–१ माँझगाउँ बस्ने २६ वर्षीय खुमन सिंह पुनको ज्यान गएको हो ।
ठक्करबाट घाइते पुनको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झवीन्द्रप्रसाद भट्टराईले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण