शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पिकअप भ्यानको ठक्करबाट मृत्यु

बुधबार, ०८ वैशाख २०७३, १० : २६
बुधबार, ०८ वैशाख २०७३

उर्लाबारी (मोरङ) - मोरङको हसन्दह–४ स्थित भित्री सडकखण्डमा गएराति पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ । राति ९ः३० बजे हसन्दह–४ स्थित पथरी–हसन्दह भित्री सडकखण्डमा को १ च ८९०८ नंको पिकअप भ्यानले को ३ प ४९७५ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार हसन्दह–४ कै ३५ वर्षीय यमप्रसाद दर्जीको मृत्यु भएको हो । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका दर्जीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति ११ बजे उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका १८ वर्षीय प्रभु चौधरी घाइते भएका छन् । उनको स्थानीय पथरी हस्पिटलमा उपचार भइरहेको छ । ठक्कर दिने भ्यान र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ । –––––––

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप