चीनको तिब्बतलाई केन्द्रविन्दु बनाएर भूकम्प, पूर्वमा धक्का महसुस
बुधबार, ०८ वैशाख २०७३, १० : २९
ताप्लेजुङ - ताप्लेजुङसँग सिमाना जोडिएको चीनको तिब्बतलाई केन्द्रविन्दु बनाएर गएराति ४.४ रिक्टरस्केलको भूकम्प गएको छ । राति ११ः०७ मिनेटमा गएको भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वका अधिकांश जिल्लामा समेत महसुस गरिएको थियो । ताप्लेजुङ सदरमुकामसहित सिमाना क्षेत्र नजिकैका ओलाङ्चुङगोला, लेलेप, पापुङ लगायतका गाविसमा भूकम्पको ठूलो धक्का महसुस गरिएको स्थानीयवासीले बताएका छन् । भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा नजिकै भएकाले निकै ठूलो धक्का महसुस भएको भूकम्पमापन केन्द्रले जनाएको छ । भूकम्प जानासाथ यहाँका स्थानीयवासी घरबाहिर निस्किएका थिए । भूकम्पले निकै हल्लाए पनि त्यसबाट भएको क्षतिको जानकारी कतैबाट नआएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले बताएको छ । गत वर्षको भूकम्पपछि समय समयमा ठूलठूला भूकम्प आइरहेकाले स्थानीयवासी त्रसित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण