शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मुटुरोगी बालकका लागि सहयोग अभियान

बिहीबार, ०९ वैशाख २०७३, ०७ : १६
बिहीबार, ०९ वैशाख २०७३

म्याग्दी– म्याग्दीका एकजना मुटुरोगी बालकको शल्यक्रियाका लागि आर्थिक स्रोत जुटाउन अभियान सुरु भएको छ ।

परोपकारी संस्था ओमकुमारी शान्ति कोषले बेनी नगरपालिका–१ रत्नेचौरका ९ वर्षीय नवीन थापामगरको शल्यक्रिया गर्न उपचार खर्च जुटाउन अभियान सुरु गरेको हो । संस्थाको कार्यालयमा बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी अभिभावकको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएका बालकलाई सहयोग गर्न अपिल गरिएको छ ।

कक्षा ५ मा अध्ययन गर्ने थापाको मुटुमा प्वाल परेको बुबा पविराम थापाले बताउनुभयो । उनको आगामी असार ८ गते शल्यक्रियाका लागि मिति तय भएको छ । शल्यक्रियाका लागि तीन लाख रुपैयाँ आवश्यक पर्ने जनाइएको छ । उनको उपचारका लागि आर्थिक सङ्कलन गर्न सन्तोष रावलको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ । अभियानमा सहयोग गरी छोराको जीवन बचाइदिन बुबा पविरामले अपिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप