मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
जनकपुरधाम । मधेस प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशसभाबाट पारित भएका दुईवटा विधेयक आज प्रमाणीकरण गरेका छन् ।
मधेस प्रदेशसभाबाट पारित आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि मधेस प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८३ र मधेस प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८३ प्रदेश प्रमुख कर्णले प्रमाणीकरण गरेका हुन् ।
प्रदेश प्रमुख कर्णले प्रदेशसभाबाट पारित दुवै विधेयकहरू नेपालको संविधान २०७२ को धारा २०१ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता संजिपकुमार दुब्बेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दुवै विधेयक प्रमाणीकरण भएसँगै मधेस प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने र सञ्चित कोषबाट रकम खर्च गर्ने कानुनी बाटो खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण