शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मर्सिसाइड डर्बीमा लिभरपुल विजयी, शीर्ष चारमाथि युनाइटेडको दबाब

बिहीबार, ०९ वैशाख २०७३, ०९ : ५५
बिहीबार, ०९ वैशाख २०७३

लिभरपुल – प्रशिक्षक जर्गन क्लपको पहिलो मर्सिसाइड डर्बीमा लिभरपुलले चिर प्रतिद्वन्द्वी एभर्टनलाई ४–० गोलअन्तरले पराजित गरेको छ । १० खेलाडीमा सिमित बनेको एभर्टनमाथि लिभरपुलले सहज जित निकालेको हो । खेलको दोस्रो हाफको शुरुवातमा डिभोक ओरिगीमाथि फल हानेपछि एभर्टनले रामिरो फुनेस मोरीलाई रातो कार्ड खाँदै गुमाएको थियो । प्रिमियर लिगको डर्बीमा हालसम्म सबैभन्दा धेरै रातो कार्ड लिभरपुल र एभर्टनकै बीचमा देखाइएको छ । खेलको शुरुवातमा थुप्रै गोल गर्ने अवसर गुमाएको लिभरपुलले पहिलो हाफको अन्त्यतिर दुई मिनेटको अन्तरालमा दुई गोल गरेको थियो । ओरिगी र मामाडु साखोले एक–एक गोल गरेका थिए । फल हानेपछि घाइते बनेका ओरिगीले मैदान छाड्न परेको थियो । उनको स्थानमा आएका ड्यानियल स्टरिजले लिभरपुलको तेस्रो गोल गरे भने फिलिपे काउन्टिन्होले चौंथो गोल थपे । जीतसँगै लिभरपुलले शीर्ष चारभित्र आफ्नो स्थान बनाउने सम्भावना कायम राखेको छ । हाल लिभरपुलको ५४ अंकसहित सातौं स्थानमा रहेको छ भने चौंथो स्थानमा रहेको आर्सनलभन्दा ६ अंकले पछि रहेको छ ।

उता, म्यान्चेस्टर युनाइटेडले पनि क्रिस्टल प्यालेसमाथि २–० को जित निकालेको छ । डेमियन डेलानेले माटेयो डार्मियनको क्रसलाई आफ्नो पोष्टमा छिराएपछि युनाइटेडले अग्रता लिएको थियो । खेलको दोस्रो हाफमा डार्मियनले नै अर्को गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । जीतसँगै युनाइटेडको ३४ खेलबाट ५९ अंक रहेको छ र लिगको पाँचौ स्थानमा रहेको छ । चौंथो स्थानमा रहेको आर्सनलभन्दा एक अंकले पछि हो । एक खेल कम खेलेको आर्सनलले बिहिबार वेस्ट ब्रोमको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप