एमालेले ७ नं प्रदेशबारे निर्णय गरेको छैन : रावल
डडेल्धुरा - नेकपा (एमाले)को अमरगढी नगर समितिको नगर अधिवेशनको उद्घाटन गर्नेक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावलले नेकपा (एमाले)ले ७ नं प्रदेशका बारेमा कुनै निर्णय नगरेको बताएका छन् । बिहीबार बेलुका नगर अधिवेशन उदघाट्न गर्न आउनुभएका मन्त्री रावलले सात प्रदेशको राजधानीका बारेमा विपक्षीले प्रचारबाजी मात्र गरेको आरोप लगाए । ७ नं प्रदेश प्राकृतिक र भौतिक रुपले आकर्षक भएको र आमसमुदायबीचमा पनि भाइचाराको सम्बन्ध रहेकाले यो प्रदेशका बारेमा निर्णय गर्ने अधिकार यहीँका जनतामा रहेको कुरा पनि मन्त्री रावलले दावा गरे । बिहीबार नै मन्त्री रावलले डडेल्धुराको उग्रतारा उच्च माविका बालबालिकालाई निःशुल्क पाठ्यपुस्तकसमेत वितरण गरे । सुदूर पश्चिम भ्रमणका क्रममा डडेल्धुरा पुग्नुभएका मन्त्री रावलको अमरगढी किल्लासमेत निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
-
कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
२१ खर्ब २४ अर्बको बजेट आजदेखि कार्यान्वयनमा, चालु खर्चमै झन्डै ६० प्रतिशत विनियोजन
-
जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ...
-
लागत बढेपछि चपेटामा किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण